दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भिम र गरिमा अभिनित ‘सुस्तरी सुस्तरी’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १ गते, शुक्रबार १५:०८

काठमाडौं – लोकप्रिय गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी गीत ‘सुस्तरी सुस्तरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतलाई भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।

अप्रेशनको क्रममा आमाको मृत्यु भएपछि बुवाले बाचेकी छोरीलाई हुर्काउन गरेको त्याग र संघर्षलाई भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा भिम न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

काठमाडौं – बुबा-छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा गायक शिव परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु