दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ६ गते, बुधबार ९:४६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

मंगलबार अचानक बेहोस भएर शिक्षण अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो ।

राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी भएको शीतलनिावास स्रोतले जानकारी दियो ।

छातीमा संक्रमण देखिएपछि अघिल्लो साता ३ दिन त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर फर्किएका थिए । त्रिवि शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भए पनि अपेक्षित सुधार भने हुन सकेन । उनलाई थप समस्या भएपछि मंगलबार पुनः अस्पताल भर्ना गरिएको थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलको उपचारका लागि भारत लैजान सरकारले समन्वय गरिरहेको छ ।

सरकारले एयर एम्बुलेन्सको व्यवस्था गरेर राष्ट्रपति पौडेललाई दिल्ली पठाउने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु