तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बालवालिकालाई ब्राइट फ्युचर कप फुटसल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ७ गते, बिहीबार ६:१२

काठमाडौं, बैशाख ६ गते ।बालवालिकाले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
नैकापस्थित ब्राइट फ्युचरमा भएको फाइनलमा बालवालिकाले प्रिमियरलाई ५–२ गोलअन्तरले पराजित ग¥यो । बालवालिकाका शिशीर क्षेत्री र रोहन मोक्तानले समान २–२ तथा सुबोध खड्काले १ गोल गरे । प्रिमियरका सारंश पुरी र प्रतीक घतानीले समान १–१ गोल फर्काए ।
उपाधिसंगै बालवालिकाले ३० हजार नगद पुरस्कारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरे । विजेता बालवालिका टोलीलाई प्रोत्साहन स्वरुप चन्द्रागिरीस्थित फरेस्ट क्याम्प रिसोर्टले रात्री भोज आयोजना गर्ने भएको छ । प्रिमियरले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाए ।
ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालवालिकाका रोहन तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बालवालिकाकै युनिक कार्की उत्कृष्ट गोलरक्षक तथा प्रिमियरका सारंश पुरी सर्वाधिक गोलकर्ता बने । सारंशले प्रतियोगिताभर ९ गोल गरे । उत्कृष्टत्रयले जनही ५ हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाए । डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज एजुकेसन फाउन्डेसन अनुशासित टिम बन्यो । ग्रिन भिलेजले ५ हजार नगद पुरस्कारसहित टोलीका हरेक सदस्यले प्लस टु अध्ययनका लागि २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरे ।
विजेतालाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरी नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, चन्द्रागिरी नगरपालिका वडा १५ का अध्यक्ष घनश्याम लुइटेल, ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचर मावि प्लस टु विभागका प्रमुख श्यामकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने नकआउट प्रतियोगितामा ३० टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु