तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनसेटलाई बुझाइयो ध्यानाकर्षणपत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ७ गते, बिहीबार ९:५१

भूमिकला पौडेल

राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरूले भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) मा ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठलाई एक ध्यानाकर्षणपत्र बुझाउँनु हुँदै भूकम्पमा अपाङ्गता भएका व्यक्तिहरू वढि जोखिममा पर्ने हुनाले अपाङ्गता भएका व्यक्तिहरूको समस्या प्रति संवेदनशिल भएर संवोधन गर्नका लागि अनुरोध गर्नुभयो ।
ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका मुख्य कुराहरूमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ तथा नियमावली २०७७, अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ को कार्यान्वयनका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन, नियमावली, निर्देशिक तथा रणनितिहरू कार्यान्वयनमा जोड दिनुपर्ने, विपद् र भूकम्पका विषयहरूमा पूर्वतयारीका चेतनामूलक र अन्य तालिममा सहकार्य गर्ने गराउने, भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालबाट उत्पादन गरेका सामग्रीहरू अपाङ्गता भएका व्यक्तिहरूलाई केन्द्रित गरी उनीहरूले प्रयोग गर्न सक्ने बनाउँने, अपाङ्गताको सवालमा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालबाट हुने गरेका तालिमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको संस्थागत र व्यक्तिगत सहभागिता गर्ने–गराउने र रोष्टर तयार गर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरू क्षमता अनुसार रोजगारीका लागि पहल गर्ने–गराउने लगायत रहेका छन् ।
ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका कुराहरू तथा छलफलमा उठेका कुराहरूलाई संवोधन गर्दै भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले यस संस्था स्थापना हुँदा देखि नै अपाङ्गता भएका व्यक्तिहरूको समस्या प्रति संवेदनशिल रहेको बताउँनु हुँदै अपाङ्गता सवालमा पनि केहि कामहरू गरिरहेको र भविष्यमा पनि अझै वढि संवेदनशिल भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छलफलमा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका निर्देशक डा. गणेश कुमार जिमी तथा कार्यक्रम संयोजक प्रनव दाहाल लगायत अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु