दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रपति रनिङशिल्डबाट प्रतिभाको खोजी गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ७ गते, बिहीबार २०:०३

काठमाडौं, बैशाख ७ गते ।राष्ट्रिय खेलकुद परिषद्को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ । छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
प्रतियोगिताको तयारी बैठकमा उद्घाटन तथा सन्चालन सम्बन्धमा छलफल भएको थियो । प्रतियोगितामा सहभागी खेलका संघहरुले खेल प्रतिभाको खोजीका लागि समिति बनाउने, प्रतियोगिता सन्चालन निर्देशिकामा गर्नु पर्ने संशोधनका लागि बैशाख मसान्त सम्म सुझाव दिनु पर्ने निर्णय भएको छ । यस्तै प्रतियोगिताको उद्घाटनमा विभिन्न विद्यालयहरुबाट मार्चपासमा विद्यार्थीहरु सहभागी गराउने र मार्चपासमा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई पुरस्कृत गरिने भएको छ । छलफलमा परिषद्का सदस्यहरु, कराते महासंघका अध्यक्ष युवराज लामा, परिषद्का विभागिय प्रमुखहरु, भलिवल, एथलेटिक्स, कवड्डी, कराते, तेक्वान्दो र उसु संघका प्रतिनिधि र मुख्य प्रशिक्षकहरुको सहभागिता थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु