दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उपनिर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ८ गते, शुक्रबार ८:१३

काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु भएको छ । अब दलहरुले कुनैपनि चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि मौन अबधी लागु हुन्छ । मौन अवधिभर दलहरुले छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

तर निर्वाचन आचारसंहिता लगाए पनि उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु भैरहेको निर्वाचन आयोगको ठहर छ । दलहरुले चुनावी पम्प्लेट, तुल ब्यानर लगायत निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गरिरहेको पाईएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी उपनिर्वाचनका आउन तीन दिन मात्र बाँकी रहदा आयोगले आवश्यक तयारी अन्तिम चरणमा रहेको जनाएको छ । उपनिर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगाएतका सामाग्री सम्बन्धित जिल्लाहरुमा पुर्‍याइसकेको छ ।

यसपटकको उपनिर्वाचनमा बारा क्षेत्र नं २ मा ३४, तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु