
बैशाख ,१० काठमाडौं । एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपाने “राष्ट्रिय सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् ।
शनिबार फोकस नेपाल संस्थाद्वारा नाचघर जमलमा आयोजना गरिएको नवबर्ष तथा लोकतन्त्र दिवस–२०८० को शुभ अवसरमा आयोजित विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच
न्यौपानेलाई सम्मान गर्नु भएको हो ।

व्यवसायीक कृषिमा उत्कृष्ट योगदान दिएका सम्मानित न्यौपानेले एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालि मार्फत सयौं जनाले प्रत्यक्ष,अप्रत्यक्ष ५ सय जनाभन्दा बढि बेरोजगारलाई रोजगार दिन सफल भएका छन्।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।


