तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एलिजा गौतमद्धारा सेन्ट देविस विद्यालयका १० विद्यार्थीलाई कक्षा १ देखि एस.ई.ई. सम्म पूर्ण छात्रावृत्तिको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १० गते, आईतवार १९:४७

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी नेतृ एवम् समाजसेवी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई कक्षा १ देखि एस.ई.ई.सम्म पूर्ण छात्रावृत्ति प्रदान गर्ने भएकी छिन् । उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रावृत्ति दिने भएकी हुन् ।

आज (आइतबार) विद्यालयमा आयोजित एक समारोहकाबीच उनले विद्यालय व्यवस्थापन टिमसँग उक्त सम्झौता गरेकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्याउने आफ्नो बाल्यकालदेखि चाहना भएको उल्लेख गर्दै उनले आज उक्त चाहना पूरा भएकोमा खुशी व्यक्त गरेकी छिन् । सो अवसरमा फाउण्डेशनकी संस्थापक संरक्षक गीतादेवी भेटुवालको पनि उपस्थिति थियो ।
गौतमले फेशबुकमा लेखेकी छिन
आदरणीय आमा–बुवा, दाजुभाइ तथा दिदि–बहिनी अनि आत्मीय मित्रहरु, सबैमा मेरो नमस्कार । समाजसेवाप्रतिको मेरो रुचि दिनानुदिन बढ्दै गएको छ । समाजसेवाको पारिवारिक पृष्ठभूमिबाट आएको हुनाले पनि बाल्यकालदेखि नै मेरो यसप्रति ठूलो रुचि अनि लगाव छ ।
पछिल्ला दिन मैले एलिजा फाउण्डेशनमार्फत सामाजिक कार्यहरु गर्दै आएकोबारे यहाँहरु जानकार नै हुनुहुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरफाई अनि महिला सशक्तिकरणलगायत समाजका महत्वपूर्ण क्षेत्रमा केही न केही योगदान पुर्याउन पाउँ भन्ने मेरा चाहना पूरा हुँदैछन् । आज मैले पढेको सुकेधारामा रहेको विद्यालय सेन्ट देवी एकेडेमी ईंग्लिस स्कूलमा प्रमुख अतिथिको रूपमा सहभागी हुने मौका मिलेको छ ।
यस पावन–पुनीत अवसरमा मैले यस विद्यालयमा अध्ययनरत दश जना गरिब, असहाय र कुनै कारणले शिक्षा लिनबाट बञ्चित भएका विद्यार्थीहरुको लागि कक्षा १ देखि कक्षा एस.ई.ई. सम्म पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छु ।

आजै विद्यालय व्यवस्थापन पक्षसँग यसबारे मैले सहमतिसमेत गरेको जानकारी गराउन चाहन्छु । आगामी दिनमा छात्रवृत्तिको संख्या (कोटा) पनि बढाउने प्रण गर्दछु । विद्यालयमा शिक्षक.शिक्षिकाहरु अनि विद्यार्थी भाई÷बहिनीहरुले देखाउनुभएको सद्भाव, सम्मान अनि मायाका लागि आभारी छु ।

सबैको साथ र सहयोगले नै यो सबै सम्भव भएको छ । आगामी दिनमा पनि समाजसेवाका मेरा पाईलाहरु निरन्तर अघि बढ्नेछन् । सबैमा धन्यवाद ।

एलिजा गौतम
अध्यक्ष, एलिजा फाउण्डेशन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु