
१० बैशाख २०८० शर्मिला विश्वकर्मा, काठमाडौं
सहज रुपमा जीवन सञ्चालन गर्नका लागि जो कोही व्यक्तिलाई पनि आर्थिक उपार्जनको अति नै आवश्यक हुन्छ । चाहे त्यो रोजगारीमा आवद् भएर होस् वा कुनै व्यापर व्यसाय गरेर होस् । कुनै पनि व्यवसाय सञ्चालन गरी उत्पादीत सामाग्रीलाई बजारीकरण गर्ने कार्य पनि महत्वपूर्ण काम हो । अन्य व्यक्तिहरुको तुलनामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा रोजगार प्राप्त गर्न वा व्यवसाय सञ्चालन गर्न निकै चुनौती देखिन्छ । त्यसैले यस्ता समस्याहरुको न्यूनिकरण गरी उनीहरुलाई आत्म निर्भर बनाउन सहज होस् भन्ने उदेश्यले अपाङ्गता सीप विकास तथा प्रतिस्थापन केन्द्रले अपाङ्गता भएका व्यक्तिहरु तथा उनीहरुका परिवारका लागि ७ दिने व्यवसय सञ्चालन तथा बजार व्यवस्थपन तालिम काठमाडौंमा सञ्चालन गरेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग र काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन गरिएको सो तालिमको उद्घाटनका क्रममा अपाङ्गता सीप विकास तथा प्रतिस्थापन केन्द्रका सचिव दिप्तीनाथ कोइरलाले सबैलाई स्वागत गर्दै यस तालिमले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर गराउने बताउनु भयो । त्यसै गरी WE Nepal का संस्थापक अध्यक्ष सबु पौडेलले आफ्नो संस्था मार्फत अपाङ्गता भएका महिलाहरुको आर्थिक शसक्तिकरणको लागि कामर गरिरहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरुको बजार व्यस्थापनका लागि यस तालिमले सहयोग गर्ने भन्दै तालिमको सफलताको शुभकामना दिनु भयो ।
यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्बन जीवन पद्ती केन्द्र काठमाडौंका अध्यक्ष टेक बहादुर गुरुङ्गले यस तालिमले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्म निर्भर गर्न सहयोग हुने भन्दै उत्पादित सामाग्रीको व्यवस्थापनको लागि सबैले सक्दो सहयोग गर्नु पर्ने र प्रशिक्षार्थीहरुले तालिम पश्चात यसको सही उपयोग गर्न आग्रह पनि गर्नु भयो ।
त्यसै गरी राष्ट्रिय आदीवासी जनजाती अपाङ्ग महिला संघकी उपाध्यक्ष गंगा छन्त्यालले यो तालिम अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका परिवारका लागि अति नै उपयोगी भएको भन्दै उनीहरुको रोजगार र सीप विकासका लागि सरोकारवाला निकायले आवश्यक बजेट विनियोजन गर्नु पर्ने बताउनु भयो भने सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा समाज सेवी राजु खरेलले यस संस्थाले सञ्चालन गरेको तालिम ज्यादै उपयोगी रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुलाई अगाडि बढाउन, उनीहरुका सवालमा वकालत तथा पैरवी गर्न र जीवन यापन लगायतका सवालहरुमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्ता व्यक्त गर्नु भयो ।
अपाङ्गता सीप विकास तथा प्रतिस्थापन केन्द्रले सञ्चालन गरेको सो तालिमको उद्घाटनका क्रममा वरिष्ठ तथा जेष्ठ नागरिक समाजका अध्यक्ष शारादामुनी बज्राचार्यले अपाङ्गता भएका व्यक्तिहरु तथा ज्येष्ठ नागरिकहरुलाई सबैले आवश्यक सहयोग गर्नु पर्ने भन्दै यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्म निर्भर गराउन चालेको कदम प्रशंसनिय रहेको बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष अनिता घिमिरेले यो तालिम अति नै उपयोगी रहेको भन्दै राज्यले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता, सीपको पहिचान गरी उनीहरुबाट नै उत्पादित सामाग्रीहरुको बजार व्यवस्थापनका लागि पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यस तालिम कार्यक्रम उद्घाटनका प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष इश्वरमान डङ्गोलले अपाङ्गता हुदैमा कमजोर, हिनताबोध महशुष गर्न नहुने, आत्मबल बलियो बनाउन सकेमा सफलता प्राप्त गर्न सकिने भन्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्ता व्यक्त गर्नु भयो ।
त्यसे गरी आयोजक संस्था अपाङ्गता सीप विकास तथा प्रतिस्थापन केन्द्रका अध्यक्ष दुर्गामान तामाङ्गले अपाङ्गता भएका युवा उधोमी र उधोग गर्न चाहने युवा वर्गलाई लक्षित गरी यो ७ दिने व्यवसाय सञ्चालन तथा बजार व्यवस्थापन तालिमको आयोजना गरिएको बताउनु भयो । साथै उहाँले युवा वर्गले आफुले सञ्चालन गरेका वा गर्ने योजना बनाएका व्यवसायीसँग सम्बन्धीत जनशक्ति, कच्चापदार्थ, पूर्वाधार, व्यवसायिक वातावरण, पुँजी, आवश्यक सीपमा चुनौती भएकोले यस्ता चुनौतीको न्यूनिकरणका उपयाको खोजी गरी सफल उधम बनाउने उदेश्यले यो ७ दिने तालिम सञ्चालन गरिएको बताउनु भयो ।
आज बैशाख १० गते देखि सञ्चाल भएको यस तालिम ७ दिन सम्म सञ्चालन हुने र यस तालिममा २५ जना अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका परिवारका सदस्यहरुको सहभागीता रहने छ भने तालिम अवधीभर प्रशिक्षक सदिक्षा कँडेलले प्रशिक्षण दिनु हुने छ ।


