तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

स्वस्तिश्री आई. बी स्कुलको टोलीसँग स्पेनमा फुटबल प्रशिक्षण गरेर फर्केका खेलाडी रोहित श्रेष्ठलाई ओल्ड ट्राफोर्डमा फुटबल प्रशिक्षण गर्ने मौका

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १६ गते, शनिबार ७:१२

काठमाडौं । नेपालको एक अग्रणी शैक्षिक संस्थाहरु मध्ये एक स्वस्तिश्री गुरुकुल आइ.बी वर्ल्ड स्कुलका २० विद्यार्थीहरु स्पेनमा १० दिने विशेष फुटबल प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेर स्वदेस फर्किएका छन् । हल्यान्ड फुटबल युनिभर्सिटी द्वारा आयोजित प्रशिक्षण कार्यक्रम बैशाख १ देखि १० सम्म लगातार प्रदान गरिएको थियो । तालिम संगसंगै मैत्रीपुर्ण खेलहरु पनि खेलाइएको थियो । स्पेनमा बिद्यार्थीहरुले ला-लिगा अन्तर्गत रियल रियल म्याड्रिड र सेल्टा भिगो बिचको खेल हेर्ने अवसर समेत पाएका थिए ।
प्रशिक्षण कार्यक्रममा उत्कृस्ट ठहरिएका २ खेलाडी सम्वृद्ध बोहोरा र इक्क्षाहाङ लिम्बुले स्पेनिस बि. डिभिजन एकडेमीमा तालिमको अवसर प्राप्त गरेका छन् ।
यस स्वस्तिश्री आईबी वर्ल्ड स्कुलको टोलीसँग स्पेनमा प्रशिक्षण गरेर फर्केका खेलाडी रोहित श्रेष्ठले भने ओल्ड ट्राफोर्डमा फुटबल प्रशिक्षण गर्ने मौका पाएका छन् । म्यानचेस्टर युनाइटेडसँगको सहकार्यमा युनाइटेड वी.प्ले ३.० अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुईदिने भएको कार्यक्रमबाट रोहित छनोट भएका हुन् ।
स्पेन भ्रमण टोलीको जिम्मेवारी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान साथै स्वस्तिश्री गुरुकुलका फुटबल एम्बासेडर अनिल गुरुङ र त्यसै बिद्यालयका फुटबल कोच पुष्प बिस्ट ‘ज्वाला’ ले सम्हाल्नु भएको थियो।
स्वस्तिश्री गुरुकुल र हल्यान्ड फुटबल युनिभर्सिटी बीच १ बर्ष अघि एम. ओ. यु गरे पश्चात लगातार रुपमा तालिम हरेक वर्ष विभिन्न देशरुमा संचालन हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु