दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माहिका अभिलाषा विरुद्ध भिड्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १८ गते, सोमबार ६:०९

काठमाडौं ।माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को महिला सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेकी छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा माहिकाले सुनिरा थापालाई ६–० र ७–६ (५) ले पराजित गरिन् । फाइनलमा माहिकाको भेट राष्ट्रिय च्याम्पियन अभिलाषा विष्टसंग हुनेछ । पहिलो सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–० र ६–४ को सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेकी छन् । पुरुष सिंगल्सको फाइनल अभिषेक बाँस्तोल र ऋतिक राणाबीच हुनेछ ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले पूर्व च्याम्पियन जितेन्द्र परियारलाई ७–६ (५) र ६–१ ले हराउदै पहिलो भए । सो स्पर्धाको डबल्समा जितेन्द्र परियार र सुवर्ण धाक्वको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा सन्तोष खत्री र दावा सोनाम शेर्पालाई २–६, ६–३ र १०–४ ले पाखा लगाए । ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले विदुर विष्टलाई ४–१ र ४–१ को सोझो सेटमा पन्छ्यादै स्वर्ण जिते ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु