काठमाडौँ, ७ कात्तिक । प्रहरी प्रधान कार्यालयले मंगलबार ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरुको पदस्थापन गरेको छ । असोज २८ गतदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले सो निर्णय गरेको हो । असोज २८ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार बढुवा भएका डिआइजीहरुलाई पदस्थापन गर्न गृहमन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो । सरुवा अनुसार प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का प्रहरी प्रमुख फेरिएका छन् । प्रदेश नम्बर २ मा हालै बढुवा भएका हरि पाललाई पठाइएको छ, भने प्रदेश नम्बर ५ मा पिताम्बर अधिकारीको सरुवा भएका छन् ।
त्यस्तै महानगरीय प्रहरी कार्यालयमा शैलेश थापा क्षेत्रीको सरुवा भएको छ । प्रदेश नम्बर २ मा कार्यरत दिनेश अमात्यलाई लागूऔषध नियन्त्रण ब्यूरो तथा प्रदेश नम्बर ५ का शेरबहादुर बस्नेतलाई विमानस्थल प्रहरी कार्यालयको प्रमुखका रुपमा सरुवा गरिएको छ । त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को नेतृत्व पनि फेरिएको छ । सिआइबीमा निरज शाहीलाई पठाइएको छ भने सिआइबीमा कार्यरत नारायणसिंह खड्कालाई प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखामा खटाइएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख मनोज न्याैपानेलाई प्रहरी निरीक्षणालयमा सरुवा गरिएको छ । ठाकुर ज्ञवालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तारिणी प्रसाद लम्साललाई सुरक्षा सेवा निर्देशनालय, बिनोद शर्मा घिमिरेलाई महानिरीक्षकको सचिवालय, पूर्णचन्द्र जोशीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, विकास श्रेष्ठलाई साइबर ब्यूरो, प्रद्युध्न कार्कीलाई राष्ट्रिय प्रहरी तालिम केन्द्र, हरिभक्त प्रजापतीलाई महिला तथा बालबालिका सेवा निर्देशनालय तथा सूर्य प्रसाद उपाध्यायलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।सोही पत्र बमोजिम डिआइजीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
श्राेतः janasawal.com