दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गृष्मकालिन कार्यशाला २०२३” राजधानीमा शुरू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १९ गते, मंगलवार ७:०२

भूमिकला पौडेल-काठमाडौं

मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा विकास अध्ययन संस्थान (एमआईसिडि) को आयोजनामा “गृष्मकालिन कार्यशाला २०२३” राजधानीमा शुरू भएको छ । १८ देखी २२ बैशाखसम्म सञ्चालन हुने उक्त पाँच दिने कार्यशालामा “स्थानिय आर्थिक विकास” का लागि “नवप्रर्वतन, उद्यमशिलता तथा चक्रिय अर्थतन्त्र” को महत्वका बारेमा छलफल गरिने तथा स्थानियस्तरका सिकाई अनुभवहरू आदानप्रदान गरिने छ ।
गृष्मकालिन कार्यशाला २०२३ को उद्घाटन समारोहलाई संवोधन गर्नुहुँदै कार्यशालाका प्रमुख अतिथी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्द बहादुर सिंहले स्थानिय तहको विकासका लागि सबैभन्दा पहिला पालिका प्रमुख तथा उपप्रमुखहरूले आफ्नो पालिकाको श्रोतको लेखाजोखा गर्नु अत्यन्तै आवश्यकता रहेको र सोही आवश्यकतामा आधारित रहेर योजना बनाउँने तथा कार्यान्वयन गर्नुपर्ने बताउँनु भयो । यसका साथै उहाँले यातायात, विद्युतिय सुविधा लगायत कृषिमा आधारित अर्थतन्त्रलाई मजबुत बनाउँदै लानुपर्ने तथा शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका लागि व्यावसायिक विकास गर्न अत्यन्त गंभिर भएर लाग्नुपर्नेमा जोड दिनुभयो साथै उहाँले स्थानिय स्तरमा उपयुक्त हुने गरि नीतिनियम निर्माण गरेमा काम गर्ने वातावरण तथा कार्यान्वयन गर्न सहज हुने सुझाव व्यक्त गर्नुभयो ।

कार्यशालामा विशेष अतिथीको रूपमा भाग लिनु भएका मध्यपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक डा. नारायण प्रसाद पौडेलले शिप विकास कसरी गर्ने भन्ने कुरामा हामी संकुचित भइरहेका हुन्छौं तर संपूर्ण विकासको सार भनेको स्वःविकास हो भनेर सबैले बुझ्न जरूरी भएको बताउँनुहुँदै लक्ष्य निर्धारण गरेर निरन्तर रूपमा त्यस लक्ष्य प्राप्तिका लागि प्रतिवद्ध भएर लागि परेमा चाहेको जस्तोसुकै विकास गर्न सकिने बताउँनु भयो ।
त्यसैगरी अर्का विशेष अतिथी ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्यले स्थानिय आर्थिक विकासका लागि आयोजना गर्न लागिएको यस कार्यशालाले आफ्नो स्थानिय निकायले खोजे जस्तो कुरा अर्थात आफ्नो स्थानिय निकायको वास्तविक विकास गर्नका लागि आवश्यक ज्ञान तथा शिप सिकाएर पठाउन सक्ने साथै परम्परागत तरिकाको ज्ञान नभई सृजनात्मक तरिकाले हेर्न सक्ने ज्ञान दिएर पठाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
यस कार्यशाला सञ्चालन गर्नुको उद्धेश्य माथि प्रकाश पार्ने क्रममाः आफ्नो मुख्य मन्तव्य राख्नुहुँदै नेपाल सरकारका पूर्वसचिव तथा मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा विकास अध्ययन संस्थानका भिजिटिङ्ग फ्याकल्टी युवराज भुषालले एमआईसिडिले विकास, निर्माण तथा सामाजिक रूपान्तरणका लागि स्नातकोत्तर तहको कार्यक्रम चलाउन थालेको धेरै समय भईसकेको र हाल मुलुक संघियतामा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा स्थानिय तहमा उठेका सवालहरूलाई संवोधन गर्नका लागि आयोजना गर्न लागेको यस गृष्मकालिन कार्यशाला २०२३ अत्यन्तै फलदायी रहने बताउँनु भयो ।
कार्यशालाको अध्यक्षता गर्नु भएका मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक प्राध्यापक डा. दिनेशराज भूजुले सहभागीहरूलाई स्वागत गर्नुहुँदै एकिकृत प्रकारको शिक्षा प्राप्त कुशल शिप भएको जनशक्ति तयार पार्नु पर्ने अवस्थालाई मनन् गरेर नै यस कार्यशालाको आयोजना गरिएको र यस कार्यशालामा सबै भेगका प्रतिनिधीहरूको सहभागिता रहेकोले अत्यन्त सन्तुष्टी मिलेको बताउँनु भयो ।
गृष्मकालिन कार्यशाला २०२३ का संयोजक प्रणय श्रेष्ठले कार्यक्रमको बारेमा सहभागिहरूलाई जानकारी दिनुहुँदै स्थानिय आर्थिक विकासको ज्ञान तथा शिप भएका दक्ष जनशक्ति तयार पार्नुपर्ने आवश्यकता महसुस गरी यस कार्यशालाको आयोजना गरिएको बताउँनु भयो । कार्यशालामा स्थानिय तहका जनप्रतिनिधीहरू, नेपाल सरकारको जिम्मेवार निकायका प्रतिनिधीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायतले भाग लिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु