दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रमण कन्ट्रक्सनले सम्झौताअनुसार खानेपानीको काम नगरेको उपभोक्ताहरुको आरोप, सहयोगका लागि रास्वपा सभापति लामिछानेसँग अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १९ गते, मंगलवार १५:२५

काठमाडौं, १९ वैशाख । रमण कन्ट्रक्सन प्रा.ली.ले इलाम खानेपानी आयोजनाको काम सम्झौताबमोजिम नगरेको उपभोक्तहरुले आरोप लगाएका छन् ।
उपभोक्ताहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अनियमिताबारे जानकारी गराएका हुन् । रमण कन्स्ट्रक्सनले सम्झौताबमोजिमका काम नगरेको भन्दै उनीहरुले छानविनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमासमेत उजुरी दिइसकेका छन् ।
अहिले खानेपानी नयाँ पाइपबाट वितरण भएपनि उक्त पानी सम्झौता भएअनुसारको स्थानबाट नल्याइएको उपभोक्ता सुमन श्रेष्ठले बताए । ‘हाल खानेपानी नयाँ पाईपबाट दिइरहेको भएपनि सो पानी साविककै गिताङ र भाडी खोलाको हो । सम्झौतामा उल्लेख भएको मेवा खोला र राते खोलाको प्रति सेकेण्ड २० लिटरको पानी नयाँ पाइपमा हालिएको छैन,’–श्रेष्ठले भने ।
उक्त खानेपानी आयोजना एडीबीको सहयोगमा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी छ । कोरोना महामारीका कारण समयमा काम सम्पन्न नगरेको रमण कन्स्ट्रक्सनले थप गरिएको समयमा पनि काम सम्पन्न नगरेको र भएका कामहरु पनि सम्झौताबमोजिम नभएको आरोप छ ।

‘सम्झौताविपरित गुणस्तरहीन कार्य गरेको आयोजनाका संरचनाहरु सम्झौताबमोजिम नगरिएको, मापदण्डविपरित पाइप फिटिङ्ग गरिएको, मिटर बक्स कमसल तथा गुणस्तरहीन जडान गरेको कारणबाट सो खानेपानीका उपभोक्तालाई दुरागामी असर परेको छ,’–श्रेष्ठले भने ।
साथै, उपभोक्ता समितिहरुले स्थलगत निरीक्षण गरी सम्झौतामा उल्लेख भएबमोजिमको काम गर्न निर्देशन दिनपनि अख्तियारलाई अनुरोध गरेका छन् ।
उपभोक्ता श्रेष्ठले उचित छानविनमा सहयोग गरिदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेसमक्ष आग्रहसमेत गरेका छन् ।
‘रवि सर हामी आम इलामबासीहरुलाई सहयोग गरिदिनुहुन म यहीबाट अपिल गर्न चाहन्छु,’– उनले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु