तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नाई नभन्नु ल ६’ मा आँचलको उत्कृष्ट अभिनय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १९ गते, मंगलवार १५:५०

काठमाडौं । नेपाली चलचित्र ‘नाई नभन्नु ल ६’ वैशाख १५ गतेदेखि प्रर्दशनमा आएको छ । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र ‘नाई नभन्नु ल’ का यसअघिका ऋङ्खलाहरु सफल चलचित्रका रुपमा स्थापित भइसकेका छन् ।

बाल प्रेममा केन्द्रीत रहेको यसअघिका सिरीजÞहरुमा ‘नाई नभन्नु ल ६’ सम्म आइपुग्दा वयस्कको प्रेम कथालाई चलचित्रमा देखाइएको छ । चलचित्रमा ऋतु र शिशिरको मायाप्रेमपछिको घटनाक्रमलाई चित्रण गर्न खोजिएको छ ।

गीत संगीतमार्फत सफल बनिरहेको चलचित्र ‘नाई नभन्नु ल’ को छैटौँ ऋङ्खलासम्म आइपुग्दा चलचित्रमा शिशिर र ऋतुको अभिनयले दर्शकहरुको मन जितिरहेको निर्माण पक्षको दाबी छ ।

चलचित्रमा ‘ऋतु’ आँचल शर्मा हुन्छिन भने ‘शिशिर’ आशिर्वाद क्षेत्री हुन्छन् । आँचलले चलचित्रमा उत्कृष्ट काम गरेकी निर्माण पक्षले दाबी गरिरहँदा उनले चलचित्रमा आफ्नो पात्र र भूमिकालाई न्याय दिएको बताइन्छ । ६ सम्म आइपुग्दा उनको अभिनयमा पनि निखारता आएको बताइन्छ ।

ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै चलचित्रको विषयवस्तु रहेको बताइएको छ । आफ्नो प्रेमको लागि शिशिर (आशीर्वाद क्षेत्री) ले गरेको त्याग, तपस्या, द्वन्द्व चलचित्रमा देखाइएको निर्देशक आचार्यले बताए ।

त्यस्तै भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला ? यही जिज्ञासालाई कथामार्फत देखाउन खोजिएको र यो चलचित्रको मुख्य कथा रहेको निर्देशक आचार्य बताउँछन् ।

निर्देशक आचार्यले चलचित्रको पटकथा पत्रकार सामीप्यराज तिमल्सेना र अरुणदेव जोशीसँगको सहकार्यमा तयार पारेका हुन् । चलचित्रमा बालकलाकार एविलिना खड्का, अथर्व लुइँटेल उप्रेती, आयुष गुरागाईं, योगिशा खत्री, एन्जेल राई र अनुभव रेग्मीले अभिनय गरेका छन् ।

यस्तै चलचित्रका मुख्य भूमिकामा आँचल शर्मा, आशीर्वाद क्षेत्री, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल र स्वस्तिमा खड्काको अभिनय देख्न सकिन्छ । उनीहरुको भूमिका चलचित्रमा केवल पारिवारिक चरित्रको रूपमा मात्र चित्रण गरिएको छ ।

यो चलचित्र प्रदर्शन भएसँगै निर्देशक आचार्यले सातौँ ऋङ्खला बन्ने संकेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु