तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली मेक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग प्रतिस्पर्धा हार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २० गते, बुधबार १५:२३

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएकाे आयाेजनामा उज्वेकिस्तानकाे राजधानी तास्कान शहरमा २०२३ काे अप्रिल ३० देखि मे १४ तारिख सम्म हुन गईरहेकाे आईबिए मेन्स विश्व बक्सिङ्ग च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापाले जर्मनीका गोक्दुमान देवरामसंग ४:१ अंककाे आधारमा प्रतिस्पर्धा हार बेहाेरेका छन् ।

नेपाली मुक्केबाज थापाले ६० -६३.५ किलाे ताैल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसंग मे ०२ तारिखमा नेपाली समय अनुसार दिउँसो १ बजे राउण्ड ६४ अन्तर्गत सेसन २ ‘ए’ काे पाँचौ नम्बर बाउट ४६ प्रतिस्पर्धा गरेका थिए । थापा १३ औं सागका स्वर्ण पदक विजिता खेलाडी हुन् ।

जर्मनी मुक्केबाजसंग राम्राे खेल प्रदर्शन गर्दै ४:१ (स्प्लिट) अंकमा पराजित भएकाे नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय काेअडिनेटर श्यामकाजी अवालेले जानकारी दिएका छन् ।

४८ केजी ताैल समुहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि साे स्थानमा पुगिसकेकाछन् । रविन थापाले उज्वेकिस्तानी बक्सरसंग मे ४ तारिखमा प्रतिस्पर्धा गर्ने छन् । थापा सहित नेपाली टाेलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुन मगरलाई गत अप्रिल २८ तारिखमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले सहिकाे टाेलीले विदाई गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु