
काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले मुख्य प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गरेको छ । क्लबको रिक्त रहेको
मुख्य प्रशिक्षकको पदमा गुरुङलाई बिहिबार नियुक्त गरिएको हो । गुरुङलाई चालू सहित दुई सिजनका लागि क्लबमा अनुबन्ध गरिएको जानकारी गराउन चाहन्छौं । बिहिबार यस क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रतिभाशाली युवा प्रशिक्षकको नेतृत्वमा क्लबले आगामी दिन घरेलु र अन्तराष्ट्रिय फुटबलमा राम्रो
नतिजा निकाल्ने विश्वास लिएका छौं । गण्डकीलाई आधार बनाएर घरेलु फुटबलमा योगदान गर्ने क्लबको उद्धेश्यमा गुरुङको नियुक्तिले थप टेवा पुग्ने विश्वास छ । क्लबका अध्यक्ष विजय घले भन्नुहुन्छ, ‘घरेलु फुटबललाई विकेन्द्रिकरण गर्दै क्लबलाई व्यवसायीक
बनाउने उद्धेश्यमा हामी दृढ छौं । नयाँ प्रशिक्षकको आगमनले क्लबले राष्ट्रिय र अन्तराष्ट्रिय क्लब फुटबलमा थप सफलता हासिल गर्नेमा विश्वस्त छु । मनाङ परिपक्क ढङ्गले घरेलु फुटबलमा पुरानो
विरासतलाई माथि उठाउने योजनामा तयार छ ।’
मुख्य प्रशिक्षक गुरुङ भन्नुहुन्छ, ‘यस क्लबबाट खेल्ने सधै धोको रहने गर्दथ्यो । अहिले आएर मुख्य प्रशिक्षकको रुपमा नेतृत्व गर्न पाउँदा खुसी छु । युवा प्रतिभाले भरिएको यति राम्रो टिम निर्माण
गरिदिएकोमा किरण श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु ।’


