तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

महेन्द्र भवन भूतपूर्व विद्यार्थी संघद्वारा आयोजित शिविरमा ६०० जनाको निःशूल्क स्वास्थ्य परीक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २२ गते, शुक्रबार १८:४८

काठमाडौँ । महेन्द्र भवन भूतपूर्व विद्यार्थी संघ नेपाल (अम्बान)ले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसंगको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अम्बानले यही वैशाख १ र १६ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा २ दिने शिविर सञ्चालन गरेको हो ।

निःशूल्क शिविरमा सिन्धुपाल्चोकका ६०० जनाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्दका बरिष्ट डा. रबि मल्ल तथा वहाँका समूहका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका थिए । उक्त परिक्षण कार्यक्रमका क्रममा ५ जना बिरामीलाई थप उपचारको आवश्यक देखिएको थियो । र, उक्त उपचार शहिद गंगालाल हृदय केन्द्रले निःशुल्क र सहुलियतमा गरिने जानकारी दिए ।

कार्यक्रममा अम्बानका अध्यक्ष सुजन मेन्डिजले निकट भविष्यमा यस्ता कार्यक्रमहरु देशका कुना कुनामा आयोजना गरी देशभरका मुटुरोगीहरुलाई उपचार गरी सेवा पुर्याउने बताए । अम्बानले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका निर्देशक डा. कमलबहादुर खड्काको संयोजकत्वमा महेन्द्र भवन माध्यमिक आवसीय बिद्यालयका बिद्यार्थीहरुलाई निःशूल्क दृष्टि जाँच कार्यक्रमको आयोजना गरेका थियो । दृष्टि जाँचको क्रममा कमजोर दृष्टि भएका १५ जना बिद्यार्थीहरुलाई नेपाल आँखा अस्पतालको सहयोगमा निशुल्क चस्मा उपलब्ध गराइयो ।

अम्बान २०४९ सालमा गठन गरिएको महेन्द्र भवन भुतपूर्व विद्यार्थीहरुको समूह हो । हाल यस संघमा आजीवन र साधारण सदस्य गरी कुल ३५० जना सदस्यहरु छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु