तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विनय र मन्जुलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २४ गते, आईतवार ६:३६

काठमाडौं ।विनय सिंह र मन्जु विकले २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु पहिलो भएका हुन् । दुवै नेपाल आर्मीका खेलाडी हुन् ।
नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विनयले क्योकुसिन कानका सन्तोष विश्वकर्मालाई पराजित गरे । क्योकुसिनकानका रविन्द्र बुढाथोकी तेश्रो तथा रानीपोखरीका होमबहादुर राई चौथो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा मन्जुले आर्मीकै अनुपा नेपालीलाई हराइन् । आर्मीकी सपना आले मगर तेश्रो तथा रानीपोखरीकी अनिशा तामाङ चौथो स्थानमा रहे ।
महिला ५० केजीमुनि बुदोकैदोकी उषा रावल पहिलो भइन् । उषाले फाइनलमा क्योकुसिन वज्रकी आशा गिरीको चुनौती पन्छाइन् । केडब्लुडब्लुकी सिवानी आले मगर तेश्रो तथा क्योकुसिन वज्रकी स्वस्तिका थारु चौथो बने ।
विजेतालाई पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु