दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बीएनए कप बास्केटबलमा ४८ टोली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २६ गते, मंगलवार ११:५४

बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा बुधबारदेखि सुरु हुने छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहने भएको छ ।
सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सिनियर ब्वाइज टिमलाई ८ समूह तथा बाँकी समूहका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । सिनियर ब्वाइजको खेल भने थ्री बाइ थ्री फर्मेटमा हुनेछ ।
साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने बीएनएका को–ओर्डिनेटर सन्तोष फुयाँलले बताए । खेलहरु बसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु