तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २९ गते, शुक्रबार २०:३५

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बूलाई सम्मान गरेको थियो ।
पहिलो दिन एक स्वर्णको मात्र छिनोफानो हुँदा आयोजककी सुष्मिता खड्गीले पहिलो स्थान हात पारिन् । विभिन्न २३ स्पर्धा समावेश प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने तेक्वान्दो प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु