दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिमाल जस्तै स्वच्छ र पवित्र सिरक ओडेर निदाउने अभिलाषा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ३० गते, शनिबार २०:२९

-शिव अधिकारी

म हिमालमा छु
चिसो चिसो सिरेटोले
जाडो भएर कठ्यांग्रिएको छु
यो जाडोमा निदाउन नसकेर
अचम्मित हुँदै
आफु अगाडी उभिएको
हिमाललाई सोधिरहेको छु
हिउसंगै खेलिरहेको छु

चारैतिर हिामलके विचमा
मेरो सयन कक्ष छ
म टोलाउँदै लोलाउँदै
निदाउन खोज्छु
यतिकैमा अनायास
हिमालले बोलाएर भनिरहे छन
जाडो भए मसंग सफेद सिरक छ
ओड्छौँ ओड ल
यो सिरक ओडेपछि मान्छे अर्कै हुन्छ
हिमालले भनिरहे
मैले जिज्ञासु हुँदै सोधिरहेँ
कस्तो हुन्छ ? यो सिरक ओडेपछि

हिमाल भन्दै गए
यो सिरक ओडेको मान्छे अमर हुन्छ
यो सिरक जस्तै स्वच्छ मन र वचन सबै
सफेद र परिपक्व हुन्छ
अनि तेजश्वी पो हुन्छ
यो सिरक ओडेको मान्छे त
फेरी मैले हिमालसंग सोधेँ
साच्चै हो र ?
हिमालले भनिरहे
हेर त यो समाज भ्रष्टाचार र दुराचारले
मैलो छ जता ततै

हेर त यो सिरक मैलो छ
भ्रष्टाचार र दुराचारले लतपतिएको
कसैलाई हत्या र हिंसा गरेर
रगत पक्ष वनेको छ र ? यो सिरक
हेर त यसमा कतै पनि दाग छैन
यो मैलो पनि छैन

हिमालले भनिरहे
ओड यो सिरक ओड
यो सिरक ओडे पछि
तिमीलाई कतै कसैबाट पनि दाग लाग्ने छैन
दाग लागेको सिरक अब फालि देउ
यो सिरक ओड र भनिदेउ
सबैलाई, यही सिरक ओडेर सुत भन

हिमालको कुरा सुन्दा सुन्दै
म त लोलाउन थालेछु
यतिकैमा हिमालको सितलता तल झरेर
मलाई गाँज्न थालेछ

म आल्हादित हुँदै मस्त निन्द्रामा पुगेछुु
म त निदाएँछु
लाग्थ्यो सारै चिसो हिउको सिरक
ओडेर सुत्दा पनि त न्यानोे भैरह्यो
अत्याचारीको विनास गर्ने ताकत
भित्रै देखि जागरुक भयो
ओरिपरी खबर्दार खबर्दार
सुनिन थाल्यो
सबै अत्याचारी भ्रष्टाचारी समाप्त गर
यिनीहरुले कैल्यै टाउको उठाउन नसकुन

अब म पनि
पैले जस्तो छैन
ज्यादै बलियो भएको छु
कसैले भ्रष्टाचार, अत्याचार गरेर
दुनियालाई सताउँछ भने
कसैले देश नै लुट्न ताउर माउर
देखाउँछ भने
त्यस्तालाई समाप्त गर्न सक्ने
ताकत मलाई मिलेको छ
किनभने मैले विना दागको
हिमाली सिरक ओडेको छु

यसैले
मैले मेरो देशमाथि कुदृष्टि राख्छ भने
कसैले मेरोदेश लुछ्न खोज्छ भने
षढयन्त्रका तानाबाना बुनेर
मेरो देश सिध्याउन खोज्छ भने
म अब निदाउँदिन र डराउँदिन पनि
जति अत्याचारि छन ति सबै ब्वाँसाहरुलाई
समाप्त गर्छु , त्यस्ता ब्वाँसाहरुको
आन्द्राभुडी झिकेर नरमुण्ड सहितको
माला उनेर लगाउ ने छु

अब भ्रष्टाचारीले सोचे हुन्छ
योकाम गर्नु हुँदैन भनेर
देख्यौ म त हिमाल ओडेर आएको मान्छे
म मा कतै दाग छैन नी
म मा साँच्चै दाग छैन
तर अरुको शरिरमा पनि दाग भएको
देख्न सक्दिन
कसैको शरिरमा पनि दाग रहन दिन्न
यो देशलाई कसैबाट पनि लुच्न दिन्न

यो स्वच्छ सिरक ओडेपछिको मेरो सपना
देशको सुरक्षा र विशालता हो
समजको सुख र सम्बृद्धि हो
देशभरको नमूना गाउँ विकास अनि
आर्थिक उन्नती हो
देशको उचो आर्थिक विकास हो
यि सबै मेरा अभियानहरु हुन
यी अभियानमा सबै लागेर
सम्बृद्धिको महायज्ञ गरौँ

आउँ सबै सम्पन्न हुन प्रयाश गर
एक्लो सम्पन्नताले
विकरालता निम्त्याउँछ
विक्रितिको ओईरो लाग्छ मझेरिमा
एकजुट हुँदै सँगै सधै जागरुक भएर काम गरौँ
म पनि सबैको साथमा हुने छु

म त हिमाल ओडेको मान्छे
स्वच्छ सितल हावामा उडिरहेको छु
सबैको शुख सम्बृद्धिको
बाटो बनाउँन लागि परेको छु
हिउँसंगै खेलिरहेको छु

बाबाधामको कोसेली ३० बैशाख २०८०

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु