तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

स्वास्थ्य खाना र स्वरोजगार प्रवर्द्धनका लागि तिन दिने पाककला सम्बन्धी तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ८ गते, सोमबार ६:३५

७ जेठ २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ

दैनिक रूपमा आवश्यक हुने र विभिन्न सीपहरू मध्ये पहिचान नेपालले अपाङ्गता भएका महिलाहरूका लागि ३ दिने स्वास्थ्य खाना र स्वरोजगार प्रवर्द्धनका लागि पाककला सम्बन्धी अर्थात् स्वास्थ्यकर तयारी, स्वादिलो खानाका परिकार बनाउने तालिम काठमाडौँमा प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको सहयोगमा सञ्चालन गरिएको सो तालिममा प्यानकेक, चाउमिन मः मः र कफी बनाउने तालिम सञ्चालन गरेको हो ।

उक्त तालिममा सहभागीहरूले आफूलाई सामान्य दाल, भात र तरकारी पकाउन जानेको भए पनि अन्य स्वास्थ्यकर खाना तथा खाजा र विभिन्न प्रकारका परिकारहरू पकाउन नजानेको कारण होटेलकै भर पर्नु परेको बताउनु भएको थियो । उक्त तालिममा दृष्टिविहीन अपाङ्गता भएकी महिला कमला विश्वकर्माले प्रशिक्षकको रूपमा प्रयोगात्मक रूपमा नै खाना र खाजाहरू पकाउने सीप सिकाउनु भयो । तालिम पश्चात् सहभागीहरूले दाल, भात, खाजाका विभिन्न परिकारहरूमा मःम, चाउमिन, प्यानकेक, कफी, चट्पटे, पानी पुरी लगायतका खाजाका परिकारहरू बनाउन सिकेको र आगामी दिनमा यो सीपलाई आफ्नो दैनिक रूपमा उपयोग गर्ने सक्षम भएको बताउनु भयो ।

सोही तालिमका क्रममा आयोजक संस्था पहिचान नेपालकी अध्यक्ष इच्छा के.सी.ले आगामी दिनमा पनि अपाङ्गता भएका महिलाहरूको आर्थिक उन्नतिको लागि आय-आर्जन हुने खालका स्वरोजगार मूलक तालिमहरू सञ्चालन गर्ने बताउँदै सबै सहभागीहरूले यस ३ दिनमा सिकेको सीपको सुयोग गर्नु हुनका लागि आग्रह गर्नु भयो । उक्त ३ दिने तालिममा विभिन्न प्रकारका २० जना अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु