दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हामि नेपाली संस्था द्वारा दोलखामा लैङ्गिक हिंसा सम्बन्धी कानुनि जनचेतना तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ८ गते, सोमबार १८:४७

हामी नेपाली, नेपालको आयोजना र विगु गाउँपालिकाको सहकार्यमा घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धी कानुनि जनचेतना मुलक कार्यक्रम र मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम दोलखा जिल्ला विगु गाउँपालिकाको वडा नं ४ लादुक र वडा नं ८ खोपाचागुमा सम्पन्न भयो। उक्त कार्यक्रममा हामी नेपाली नेपालको अध्यक्ष उमा तामाङ के.सी, महासचिव मनिष चौधरी र कौशिला राईले आफ्नो आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा वरिष्ठ समाजसेवी तथा हामी नेपाली नेपालको कोषाध्यक्ष जुना पछाईको समेत उपस्थिती रहेको थियो।

विगु गाउँपालिका प्रमुख संजिव वलीको सहयोगमा सम्पन्न उक्त दुई दिने अन्तरक्रिया कार्यक्रम जसमा महिलाहरुको क्षमता अभिवृद्धि, महिला सशक्तिकरण सम्बन्धी कार्यक्रममा उल्लेखीय सहभागिता रहेको थियो। विगु गाउँपालिका वडा नं ४ लादुकका वडा अध्यक्ष रामचन्द्र खडका द्वारा कार्यक्रम अति नै सफल भएको तर छोटो समय भएको र महिला सशक्तिकरणको लागी यस्तो कार्यक्रमहरुको आवश्यक्ता रहेको हुंदा पुनः यस्ता कार्यक्रमलाई निरन्तरता दिनको लागि सुझाव प्राप्त भयो । यसैगरी वडा नं ८ को खोपाचागुका अध्यक्ष श्री हिरा थामीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई समापन गर्ने क्रममा यस प्रकारको कार्यक्रम यो भन्दा अघि नभएको तथा यस्तो कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिँदै यस प्रकारको कार्यक्रमलाई पुनः निरन्तरता दिनको लागी सुझाव दिनुभएको थियो। त्यसैगरी कार्यक्रममा महिला दिदीबहिनीहरुले उत्सुकताका साथ सहभागी भई कार्यक्रम सम्पन्न गराउन सहयोग गरेकोमा साथै विगु गाउँपालिकाको प्रमुख संजीव वली लगायत सम्पुर्ण कर्मचारीहरुलाई सहकार्यको लागि आभार व्यक्त गर्दै धन्यबाद ब्यक्त गर्नुभएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु