दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साहित्य संगम नुवाकोटले साहित्यिक कार्यक्रमको नवीन अभियान शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १४ गते, आईतवार ९:३४

नुवाकोट – साहित्य संगम नुवाकोटले साहित्यिक कार्यक्रमको नवीन अभियान शुरु गरेको छ।

“नव सर्जकको खोजी अग्रजलाइ सम्मान गाउँ गाउँमा साहित्य हाम्रो अभियान”भन्ने आदर्श वाक्यलाइ आत्मसात गर्दै साहित्य संगम नुवाकोटले साहित्यिक कार्यक्रमको नवीन अभियान शुरु गरेको छ। यसै अभियानको सुरुवात शनिबार महादेव माबि महादेव फाँटबाट भएको छ।

बेलकोटगढी नगरपालिका वडा न ७ मा अबस्थित महादेव माबि अत्यन्त सुन्दर र शान्त वातावरणलाई आफूमा संगालेर गर्व गर्न योग्य स्वरूपमा उभिएको छ। लगभग ६०० विद्यार्थीलाई भविष्यको गोरेटो खन्ने पिक र साबेल रूपी शिक्षा प्रदान गर्दै आएको महादेव माबिलाई धेरै धेरै धन्यवाद हामीलाई हार्दिकता प्रदान गरेकोमा।


कार्यक्रममा साहित्य मानव जीवनको अभिन्न अंग भएको र यसले जीवनमा आइपर्ने समस्याहरूको समाधानका लागि महत्वपूर्ण मार्गनिर्देशन दिने बताएका थिए। साहित्यलाई सबै क्षेत्रबाट विकास गर्नुपर्नेमा सहभागीको भनाइ थियो।

नेपाली अध्यापक नवराज नेपालको शालीन शब्दको स्वागत बाट विद्यालय प्राङ्गण प्रवेश गर्दा नै साहित्यिक अभियान वास्नादार बनेको अनुभुति भयो। साथै दिपक नेपाल ,पवित्रा ढुंगाना ,सुमन नेपाल जस्ता साहित्यिक व्यक्तित्वलाई पाउँदा हाम्रो अभियानले सार्थकता पाएको आभाष भयो।

विद्यालयमा अध्ययनरत भाइबहिनीको बाक्लो उपस्थिति रह्यो तर साहित्यिक पाटोमा लाग्न उत्प्रेरित गर्ने कार्यको कमि भएको अनुभुति भएपनि आगामी दिनमा आजको कार्यक्रमले उत्प्रेरकको काम गर्ने छ भन्ने विश्वास गर्न सकिन्छ।

निर्धारित समय भन्दा केही ढिला शुरु भएको कार्यक्रमको सञ्चालन शम्भु प्रसाद गजुरेलले गर्नुभएको थियो, कार्यक्रमको सभापति सुमित्रा सुमी प्रमुख अतिथि बेलकोटगढी नगर कार्यपालिका सदस्य गमला लामा विशेष अतिथि नमराज नेपाल हुनुहुन्थ्यो ।

कवि कविन्द्र घिमिरेले कार्यक्रममा स्वागत मन्तव्य सहित आफ्नो सिर्जना वाचन गर्नुभयो तत्पश्चात दिपक नेपाल , कृष्ण प्रसाद अधिकारी ,शिवहरी पाठक,शिवराम भट्ट,सुप्रीया खनाल,रुपा थापा,शान्ति सिग्देल,शिवराम भट्ट,सुमन नेपाल , पवित्रा ढुंगाना ,विष्णु कुमारी लामा,विविना लामिछाने ,हरि पाण्डे, नवराज नेपाल लगायत कविले सिर्जना वाचन गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि गमला लामाले साहित्यको विकासमा समर्पित साहित्य संगम नुवाकोटका कार्यमा साथ दिदै नगरपालिका मार्फत पनि सहयोगको जुटाउन प्रयत्न गर्ने अमूल्य वचनवद्वता प्रदान गर्नुभयो।

कार्यक्रममा नवराज नेपाल र हरि पाण्डेलाई संगम सम्मान २०७८ ले सम्मान गर्ने थाती रहेको कार्य सम्पन्न गरियो र सहभागी कविलाई सम्मान पत्र र महादेब माबिलाई मायाको चिनो प्रदान गरियो।अन्त्यमा सभापति सुमित्रा सुमीले मुलायम आवाजमा सबैलाइ सम्बोधन गर्दै मीठो गजल सुनाएर कार्यक्रम समापन गरिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु