दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुन्दरता भित्र रहेको एकसंस्कार, चेतना ,भाग्य र समाजको वास्तविक चित्रण गरिएको चलचित्र हो “टुल्कि”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १४ गते, आईतवार १६:५६

काठमाडौं । विश्वमै अचम्मको प्रथाको रुपमा हेरीने नेपालको केही हिमाली जिल्लाको संस्कारको रुपमा रहेको बहुपतिप्रथाको बिषयवस्तुलाई लिएर बनाईएको नेपाली कथानक चलचित्र “टुल्की”ले आजबाट नेपालका अधिकांश हलहरुमा प्रदर्शनी शुरु गरेको छ ।
विश्वकै फरक संस्कारको रुपमा हेरीएको बहु पतिप्रथालाई मुख्य कथाको रुपमा लिईएको भए पनि यो चलचित्रले नारीहरुको जीवनभित्र आईपर्ने बिभिन्न समस्या तथा त्यसलाई यो समाजले हेर्ने दृष्टीकोणको उजगार गर्न खोजिएको छ ।
समाजलाई बहाना बनाएर आफ्नै बाबुले समेत छोरीलाई साहारा दिन नसक्नु , अन्जान ब्यक्ति संग छिटो बिश्वास गर्दा एकजना नारीले नरक जस्तो जिन्दगी जिउन बाध्यहुनु ,संस्कारको बहानामा आफ्नै दाजुले भाईको हत्या गर्नु जस्ता कथा भित्रका दष्यहरुले आम दर्शकलाई भावुक बनाउने देखिन्छ ।
“टुल्की”ले ब्यपार कति गर्ला त्यो त अहिलै भन्न सकिने अवस्था छैन तर यो चलचित्र हेरे पछि जो कसैलेपनि एक पल्ट आफुलाई टुल्की र त्यो समाज संग तुलना गरेर हेर्ने पक्का छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु