
स्पेन – नेपाली जनसम्पर्क समिति स्पेन मेडिट क्षेत्रको आयोजनामा नेपाली समुदायमा पछिल्लो समयमा देखिएका समस्या समाधान बिषयक अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख आतिथ्य नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपालको वर्तमान राजनीति घटना , नेपाली काङ्ग्रेसको प्रवास निति एवं अहिलेको कार्यक्रम रोजगारीका क्रममा प्रवासी नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने जानकारी दिए ।
कार्यक्रम नेपाली जनसम्पर्क समिति स्पेन मेडिट क्षेत्रका क्षेत्रीय अध्यक्ष गुरु घिमिरेको अध्यक्षतामा भएको थियो ।
अन्तक्रिर्यामा पार्वती ओलि ,सुदिप अर्याल ,कृष्ण पौडेल , सुन्दरी लामा हर्क थापा रोशन पाठक लगायतले आफ्नो विचार राखेका थिए ।


