
काठमाडौं । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार,शाखा डोजो नक्सालको २४ ओै वार्षिकोत्सव तथा गणतन्त्र दिवशको अवसरमा आयोजना भएको नवौ सगरमाथा अन्तर्राष्ट्रिय करातेप्रतियोगिता (२०२३ मे २७ देखि ३० तारिख सम्म सन्चालन भई एक बिशेष समारोहका बीच सम्पन्न भएको छ । प्रतियोगिताको युवा तथाखेलकुद मन्त्री एवम डिग बहादुर लिम्वु ले एक बिशेष कार्यक्रमबिच ९ २८ मे २०२३, जेठ १४ ० मा एक बिशेष समरोह बिच उदघाटन गर्नु भएकोथियो । उदघाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रमुख अतिथि लिम्वु ले संसारमा आफ्नो देशलाई निस्वार्थ रुपमा चिनाउने चिनाउन सक्नेबिशेष माध्यम भनेकै खेलकुद क्षेत्र रहेको बताउनुभयो । सम्वोधनकै क्रममा प्रमुख अतिथि लिम्वुले खेलकुद क्षेत्र स्वास्थ्य र राष्ट्रका दुबैकानिम्ति अपरिहार्य भएका कारण प्रत्येक नागरिकले खेलकुद प्रति रुचि राखे राष्ट्र समृद्धी हुन समेत टेवा पुग्ने बताउनु भयो । प्रतियोगितामा नेपाल सहित भारत,श्रीलंका,बंगलादेश र ईजरायलका खेलाडी,रेफ्री अफिशियल पदाधिकारी सहित करिव ३हजार जना सहभागी भएको थियो । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक पदक जित्दै बुढानिलकण्ठ डोजो टिम प्रथम,भारत टीमदोस्रो र श्रीलंका टिम तेस्रो हुन सफल भयो । नेपालको लुम्विनी प्रदेश रुपन्देही कराते टिम ले उत्कृष्ट मार्चपास टिमको उपाधि जित्यो भनेआयोजक नक्साल डोजोले बेस्ट फेयर प्ले टिम र बागमती प्रदेशका सानोगौचरण डोजोले उत्कृष्ट अनुशासित टिम ट्रफी हात पारे । पुरुषसिनियर तर्फ नेपालका सुजल भुजेल र महिलातर्फ श्रीलंकाकी एच।एम।ईमासा हान्सी दिलसारा उत्कृष्ट खेलाडी घोषित भए ।
उक्त प्रतियोगितामा खेलकुद क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउने ब्यक्तीहरुलाई योगदानको कदर गर्दै र गत चैत्र ११ गते नेपाल करातेमहासंघको निर्वनचनमा निर्वाचित हुने अध्यक्ष युवराज लामा,महासचिव दावा गुरुङग र उपाध्यक्षद्धय देव कुमार लामा र मजिन्द्र सिंहलाईविशिष्ट सम्मान पनि गरिएको थियो । त्यसैगरि सम्मानित हुनेमा नेपाल कराते महासंघका सदस्य तथा बरिष्ठ प्रशिक्षक राम सिंह ठकुरी, नेपाल कराते महासंघका सल्लाहकार एवम सोतोकान कराते संघ नेपालका प्रमुख प्रशिक्षक निवाश गोपाल बैध,नक्साल डोजोका संस्थापकसदस्य तथा प्रशिक्षक पुनम श्रेष्ठ खपाङ्गी,त्यसैगरी मित्रराष्ट्र श्रीलंकाको राजधानी कोलम्वोमा गत मार्च ३ देखि सन्चालन भएकोअन्तराष्ट्रिय कराते प्रतियोगितामा नक्साल डोजो सहभागी भई २ स्वर्ण र एक रजत पदक दिलाउन सफल खेलाडीहरु सोनम बलामी,बुद्धीमानमाझी र ऐटन कुमार मल्ललाई सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।
जेठ १३ देखि संचालन भएकोउक्त प्रतियोगिताका बिजेता खेलाडी तथा सम्मानित ब्यक्तीत्वहरुलाई समापन समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदकासदस्य सचिव टंकलाल घिसिङगले एक बिशेष समारोहबिच पुरस्कार बितरण गर्नुभयो । समापन समारोहलाई सम्वोधन गर्नुहुदै प्रमुखअतिथि घिसिङगले नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालले २४ बर्षदेखि लगातार २४ वटा राष्ट्रय तथा अन्तराष्ट्रियप्रतियोगिताको सफल आयोजना गरेकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो साथै राज्यले यस्तो प्रतियोगितालाई उचित सहयोगगर्ने समेत बताउनुभयो । उक्त प्रतियोगिता जेठ १३–१६ अर्थात ९मे २७ देखि ३० ०सम्म राष्ट्रिय खेलकुद परिषद्को टीटी कभर्ड हल लैनचौरमा सञ्चालन भएको थियो।


