तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ठमेलमा तीन युवाको लगानीमा ‘मण्डला स्कोयर’ सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २० गते, शनिबार १९:१४

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीन युवाको लगानीमा ‘मण्डला स्कोयर’ सञ्चालनमा आएको छ ।

लामो समयदेखि ठमेलमा विभिन्न व्यवसायमा सङ्लग्न युवा व्यवसायी प्रश्रय राजभण्डारी, रिया रिजाल र प्रशन्न राजभण्डारीको संयुक्त लगानीमा आजदेखि ‘मण्डला स्कोयर’ सञ्चालनमा आएको हो ।

ठमेलभित्रको मण्डला स्ट्रिटमा सञ्चालनमा आएको उक्त स्कोयरको आज व्यवसायी देवराज राजभण्डारी र रेयाना रिजाल चित्रकारले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त स्कोयरमा नेपालमा उत्पादित लुगा, पश्चिमा, नेपाली कागजको सामाग्री, मूर्तीकला, छालाबाट निर्मित सामाग्री, बच्चाको लागि खेलौना, नेपालमा उत्पादित कफिलगायतका सामाग्री पाइन्छ ।

नेपालमा उत्पादित सामाग्रीलाई स्वदेशशका विभिन्न क्षेत्रका साथसाथै विश्वमाझ पु¥याउने उदेश्यले रु दुई करोडको लगानीमा उक्त स्कोयर सञ्चालनमा आएको हो । उक्त स्कोयर विहान ८ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालनमा आउनेछ ।

स्कोयरमा रेड क्यास्मिरको पस्मिना, अविरको जिन्सले बनेको सामान, न्यूको कपडा, ट्रेजर आर्टको गरगहना, कोक्रोमाको बच्चाको लुगा, डोचाको जुत्ता, कटन मिलको कटनका सामाग्री, विजिएसको रिसाइकल सामा र ह्याण्डिक्राफ्टका सामाग्री पाईन्छ ।

यस्तै, इसिडिसीको बच्चाको लुगा र कटनको सामान, टिसाको छालाले बनेको सामाग्री, सिद्धदेवी टि को चिया र परियानसेको माटोले बनेको सामाग्री र बच्चाको खेलौनालगायतका सामाग्री पाईने सञ्चालक प्रश्रन्न राजभण्डारीले जानकारी दिनुभयो । उक्त स्कोयरभित्र कालापथ्थर ब्राण्डको कफीको स्वाद लिन पाइनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु