दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यौन दुर्व्यवहार: गुगलद्वारा ४८ कर्मचारी बर्खास्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ९ गते, शुक्रबार १८:३४

काठमाडौँ (बीबीसी) : गुगलले पछिल्लो दुई वर्षमा यौन दुर्व्यवहारको आरोपमा १३ जना वरिष्ठ व्यवस्थापकसहित ४८ जना कर्मचारीहरूलाई बर्खास्त गरेको जनाएको छ। कर्मचारीहरूलाई एक पत्र लेख्दै गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइले अनुचित व्यवहारका विरुद्ध सो कम्पनीले कडा नीति अख्तियार गरेको बताएका छन्। हालै न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा एन्ड्रोइड सफ्टवेयरका निर्माता एन्डी रुबीनले दुर्व्यवहारका आरोप खेपेपनि उनलाई कम्पनीबाट निकाल्ने बेला गुगलले ९ करोड डलर बराबरको प्याकेज दिएको उल्लेख भएपछि पिचाइले सो पत्र लेखेका हुन्।

विगत एक दशकमा गुगलले रुबीनसहित अन्य दुई व्यवस्थापकहरू विरुद्ध यौन दुर्व्यवहारको आक्षेपको ढाकछोप गर्दै आएको पत्रिकाले जनाएको छ। रुबीनका एक प्रवक्ताले भने ती आरोपको खण्डन गरेका छन्। स्याम सिंगर तथा रुबीनले सन् २०१४ मा गुगल छाडेर प्लेग्राउन्ड नामक एक भेन्चर क्यापिटल कम्पनी खडा गरेका थिए। गुगल छाड्ने बेला उनलाई नायकको जस्तो बिदाइ गरिएको सो समाचारमा उल्लेख छ।पिचाइले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको सो समाचार पढ्न गाह्रो भएको भन्दै सुरक्षित तथा समावेशी कार्यस्थल सुनिश्चित गर्न गुगल अत्यन्त गम्भीर भएको बताएका छन्। उनले गत दुई वर्ष यता निकालिएका कर्मचारीमध्ये कसैले पनि बिदाइ प्याकेज नपाएको बताएका छन्।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु