तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कृषि उद्यमी पण्डित “राष्ट्रिय सेवा सम्मान २०८०” बाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २२ गते, सोमबार ११:५८

काठमाडौ । स्वदेशमा उत्पादित अर्गानिक कफीको प्रशोधन, प्रवद्र्धन तथा बजारीकरणमा अनुकरणीय काम गरेको भन्दै गोसाइँकुण्ड अरविका कफि स्टेट एण्ड नुवाकोट वाईल्ड एग्रो प्रालिका संचालक खड्ग बहादुर पण्डित “राष्ट्रिय सेवा सम्मान २०८०”बाट सम्मानित हुनुभएको छ।

शनिबार फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको गणतन्त्र दिवस २०८० को शुभ अवसरमा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कुतिक कार्यक्रमका बीच प्रमुख अतिथि सभामुख देवराज घिमिरेले पण्डितलाई उक्त सम्मान प्रदान गर्नु भएको हो।

प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा पुर्ब श्रम, रोजगार,तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर,विशिष्ट अतिथिका साथै जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले लगाएतको प्रतिष्ठित व्यक्तित्वहरूको आतिथ्य कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित बेजोड सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु