
काठमाडौँ,फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको गणतन्त्र दिवस २०८० को शुभ अवसरमा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेष सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरेले गैरआवासीय नेपाली संघ एनआरएनए,आईसिसिका सचिव प्रविन गुरुङ लाई राष्ट्रिय विशेष सेवा सम्मान २०८० बाट सम्मानित गरेका छन ।
एनआरएनए आईसिसि सचिव गुरुङलाई गैरआवासीय नेपालीको हक हितमा उत्कृस्ट कार्य गरेको र देश बिकाशको लागी ठुलो योगदान गरेकोमा उक्त सम्मानबाट सम्मानित गरिएको थियो ।
एनआरएनए आईसिसि सचिव एबं कतारमा रहेको एसियाना दोहोरी तथा गजल रेस्टुरेन्टका संचालक प्रबिन गुरुङलाई
नेपालको कला र संस्कृतिको जर्गेनाका लागि कतारमा रहेर पनि एसियाना दोहोरी तथा गजल रेस्टुरेन्ट संचालन गर्दै नेपालको बहुचर्चित फेन्चाईज सो नेपाल आईडल,द भ्वाइस अफ नेपाल लगाएत ठुला कार्यक्रमको कतारमा ग्राण्ड फिनाले सो सम्पन्न गरि नेपालको नाम विश्वमा चिनाउन सफल हुनुभएको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघ–संस्था मार्फत राष्ट्रविकास, कला र संस्कृति क्षेत्रको विकास र सामाजिक सेवामा पुर्याउनु भएको योगदान चीरकालसम्म प्रशंसनीय र अतुलनीय रहने भएकाले यो सम्मानद्वारा सम्मानित गरिएको हो ।

प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा पुर्ब श्रम, रोजगार,तथा सामाजिक सुरक्षामन्त्री एबं सांसद शेरबहादुर कुँवर,विशिष्ट अतिथि जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।


