दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २३ गते, मंगलवार १७:०१

काठमाडौं, जेठ २३ गते ।
ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘ए’ लाई ४९–३१ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा आशुतोष केसीले १० अंक योगदान गरे । छवि भोटेको १० अंक सहयोगमा ग्राम शिक्षाले सेवा सदनलाई २८–१८ ले हरायो ।
यससंगै सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । प्रिक्वाटरफाइनलमा ग्रिनल्यान्डको भेट हिमालयन किङडमसंग हुनेछ भने ग्राम शिक्षाले बूढानीलकण्ठको सामना गर्ने छ । अन्य प्रिक्वाटरफाइनल युनिभर्सिटी र एचएचसीए, गोल्डेनपिक र टीआईए, सेन्ट जोसेफ र जुगल, भद्रकाली र आयोजक बीएमसीए ‘बी’, इडेन ब्रिज एकेडेमी र नव ज्ञान भूमि तथा भ्याली पब्लिक र स्कोलर्स होमबीच हुनेछ ।
गल्र्समा हिमालयन किङडमले सेन्ट जोसेफलाई २२–१७ ले पाखा लगायो । विजयी टिमका लागि फूलमाया लामाले ७ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा हिमालयन किङडमले सेन्ट जोसेफलाई २३–१६ तथा एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २०–१६ ले पन्छाए । हिमालयन किङडमका लोप्साङले ११ तथा एन्जल्स हार्टका आदित पुनले ५ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु