दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रहरी हिरासतबाटै २ आरोपी फरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ९ गते, शुक्रबार १८:३६

मोरङ : प्रहरीको हिरासतबाट विराटनगरमा दुइ हत्या आरोपी फरार भएका छन । अपहरणपछि हत्या गरिएका विराटनगर १७ का मोहम्मद अस्फाकको हत्या आरोपमा पक्राउ परेका सोहि ठांउका २० बर्षिय मोहम्मद सद्दिफ हुसैन र २१ बर्षिय मोहम्मद आरिफ इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षबाट फरार भएका हुन । सो घटनामा पक्राउ परेका ५ जनामध्ये २ जना फरार भएका हुन ।

अभियुक्तद्वयले गएराति थनुवा कक्षको भेन्टीलेशनको रड काटेर फरार भएको मोरङ प्रहरीका प्रवक्ता निशान थापाले जानकारी दिनुभयो । घटना कसरी भयो भन्ने बिषयमा ड्युटीमा कार्यरत प्रहरीसंग सोधपुछ भइरहेको बताउँदै उहाले फरार अभियुक्तको खोजीमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

असोज १ गते घरबाटै हराएका अस्फाकको शव असोज ७ गते विराटनगर १४ र १७ को सिमानास्थित पैनीमा रहेको ह्युम पाइपभित्र सडेगलेको अवस्थामा भेटिएको थियो । मोरङ प्रहरीले असोज १४ गते दुवै अभियुक्तलाई सार्वजनिक गरेको थियो । अभियुक्तद्वयले टाउकोमा ढुंगा प्रहारगरि अस्फाकको हत्या गरेको प्रहरीको अनुसन्धानको क्रममा खुलेको थियो । अपहरण गरेकैदिन अस्फाकको हत्या गरेका अभियुक्तहरुले मृतकको शव ह्युम पाइपभित्र लुकाएर आफ्न्तसंग ५० लाख फिरौती रकम माग गरेका थिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु