साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

युरोपियन युनियनसमक्ष परिणाममुखी दिगो हरित महानगर बनाउने मेयर शाक्यको अडान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १० गते, शनिबार ०८:४५
काठमाडौं। काठमाडौं महानगरको विकासमा धेरै परियोजना भन्दा परिणाममुखी अनि दिगो परियोजना आवश्यक भएको छ। त्यसको लागि ठोस रुपमा युरोपियन युनियन लगायतका विदेशी संघ–संस्थासंग काठमाडौं महानगरपालिका सहकार्य गर्न तयार भएको खुलासा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका छन्। मेयर शाक्यले युरोपियन युनियनको स्वीचएशिया सस्टेनेवल कन्जम्सन एण्ड प्रोडक्सन फ्यासिलिटी परियोजनाका टिम लिडर अरब होबल्लाह र दक्षिण एशिया विशेषज्ञ पूजा साहनीसँगको भेटमा उक्त खुलासा गरेका हुन्।
युरोपियन युनियनका होबल्लाह र साहनीले मेयर शाक्यलाई काठमाडौं महानगरको विकासमा फोहर मैला, पूर्नरनिर्माण, भवन निर्माण आचार संहिता लगायतका समस्या  रहेको र त्यसमा युनियन सहकार्य गर्न तयार भएको बताएका थिए। मेयर शाक्यले भने, काठमाडौं महानगरलाई हरित महानगरको रुपमा दिगो रुपमा विकास गर्न आफूले खोजेको र त्यसका लागि धेरै परियोजना भन्दा दिगो रुपमा परिणामुखी हरित योजना खोजेको कुरामा अडान राखे।
 त्यसका लागि विद्यालयवाटै त्यस परियोजना गर्न र गराउन आफू तयार भएको मेयर शाक्यले बताएका छन्। मेयर शाक्यका अनुसार, विद्यालयवाटै विद्यार्थीहरुलाई विद्यालय, घर–परिवार अनि टोल–टोललाई हरियाली बनाएर सर–सफाई गर्ने र गराउने व्यावहारिक परिणाममुखी कार्य सिक्न र सिकाउन काठमाडौं महानगरपालिकाले खोजेको हो। पहिलो चरणको रुपमा काठमाडौं महानगरका सामुदायिक सरकारी स्कुलहरुवाट यस परियोजना शुरु गरिने भएको छ। र पछि प्राइभेट स्कुलहरुमा पनि शुरुवात गर्ने सोच राखेको छ।
यसवाट विद्यालयवाटै विद्यार्थीहरुले बाताबरणिय हरियाली कायम गर्ने तथा सरसफाईको बारेमा सिक्ने अनि फोहरलाई सही व्यवस्थापन गर्ने तौर–तरीका सिक्न पाउने छ। तिनै विद्यार्थीहरुवाट विद्यालय, घर–परिवार अनि टोल–समाजलाई हरियाली बनाउन तथा फोहर मुक्त बनाउन दिर्घकालिन मदत मिल्ने जिकिर मेयर शाक्यको रहेको छ। क्षणिक समाधान भन्दा दीर्घकालिन समाधानका परियोजनामा युरोपियन युनियनलाई सहकार्य गर्न मेयर शाक्यले आग्रह पनि गरेका छन्। मेयर शाक्यको यो अवधारणा र चाहनालाई युरोपियन युनियन सकारात्मक देखिएको छ। यस कुराहरुमा आफूहरुले विचार गर्ने जानकारी पनि होबल्लाह र साहनीले भनेका छन्।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु