दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आधारभूत स्काउट तालिम ककनीमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २५ गते, बिहीबार १८:३३

काठमाडौं।  स्काउट स्थानीय स्काउट कार्यालय बूढानीलकण्ठ नगरपालिका समन्वयमा ५३८औं BTC र ३९६औं  PTC  आधारभुत स्काउट तालिम अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा सम्पन्न भएको छ।

बूढानीलकण्ठ नगरपालिका आयोजक र स्थानीय स्काउट कार्यालय व्यवस्थापन र नेपाल स्काउट लैनचौरको समवयनमा तालिम भएको हो। जेठ १६गते देखि २१ गते सम्मको स्काउट तालिममा BTC को  कोर्ष लिडर सुरज खनाल काउन्सिलर विश्वनाथ बानियाँ,मणी ढहाल रहेको थियो।भने PTC  कोर्षका कोर्ष लिडर मबिला खड्का र काउन्सिलरमा अस्मिता श्रेष्ठ, सुमित्रा डंगोल रहेको थियो।

प्रकृतिसंग रमाउदैं जीवन उपयोगी तालिमको आवश्यकता रहेको छ।जीवनमा भइपरी कुनै पनि समस्या आउदा आफू कसरी बाच्न सकिन्छ र अरुलाई पनि कसरी बचाउन सकिन्छ भने विषयमा यस्तो तालिमको महत्व रहेको छ।

जीवन उपयोगी तालिमहरुमा स्काउट आधारभूत तालिमको महत्व बेग्लै रहेको छ। स्काउट आधारभूत तालिममा बूढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा,वडा नं ११ का अध्यक्ष राजु अधिकारी स्काउटर दिपक निरौला स्थानीय स्काउट संयोजक प्रनेल महर्जन (गंगालाल) लगायत कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी, बाग्मती प्रदेशका संयोजक शिव राम अर्याल, अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीका संयोजक केश रत्न बजार्चाय, वडा नं ९ का अध्यक्ष सुमित्रा पाण्डे, सामाजिक निकायका संयोजक‌ शान्ता ढकाल सर लगायत कमिटीका प्रदाधिकारहरु लगायतको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु