
रातो बंगलाले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेको छ । ब्वाइजमा रातो बंगलाले एपेक्स लाइफलाई २५–१२ तथा गल्र्समा होली भिजनलाई २९–४ ले पराजित ग¥यो ।
ब्वाइजमा काठमाडौं वल्र्डले टीआईएलाई १६–१५ तथा युरोले इम्पेरियललाई २७–२६ ले हराए । गल्र्समा आयोजक संस्कृति ‘ए’ ले इम्पेरियललाई ३६–६ तथा काठमाडौं भ्यालीले द एक्सेल्सियर स्कुललाई २५–१३ ले पाखा लगाए ।


