दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २६ गते, शुक्रबार १९:१२

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा यौन, अपराध, प्रेम र धोकालाई प्रस्तुत गरिएको छ । ‘चपली हाइट’ कै सिक्वेलको लागि तयार गरिएको फिल्मलाई परस्त्री बनाएको स्रोतले बताइएको छ । त्यस कारण पनि फिल्ममा बोल्ड सिनहरु धेरै समावेश गरिएको छ । ‘चपली हाइट’कै निर्देशक दीपेन्द्र के. खनालले फिल्म ‘परस्त्री’ को कथा लेखेका हुन् ।

कार्यक्रममा फिल्मका लेखक समेत रहेका दीपेन्द्रले समाजमा दैनिक घटेका घटनालाई फिल्म मार्फत पस्किएको बताए । ‘हामीले अहिले दैनिक श्रीमान् श्रीमतीको झगडा, डिभोर्स लगायतका विषय मिडियामा समाचारको रुपमा देख्न सक्छौ’, दीपेन्द्रले थपे ‘त्यही विषय मैले फिल्ममा पस्किएको छु ।’

परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण सिर्जित हिंसात्मक घटनालाई ट्रेलरमा प्रस्तुत गर्न खोजिएको छ । ट्रेलरमा शिल्पाको ‘बोल्ड सिन’ छन्, जसले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ ।

कार्यक्रममा शिल्पाले फिल्मको भूमिका लागि आफूले यो पटक चुनौती उठाएको बताइन् । ‘फिल्म अफरको समय अभिनय गर्नेकी नगर्ने केही निर्णय गर्न गाह्यो भएको उनको धारणा रहेको थियो । ‘म फरक भूमिका निर्वाह गर्न रुचाउँछु । तर, यो फिल्मको भूमिका एकदमै चुनौतीपूर्ण थियो । स्क्रिप्ट पढेपछि काम गर्न सक्छु र भन्ने समेत लागेको थियो’ उनले भनिन् ‘चुनौती उठाएर अभिनय गरे । अहिले ठिक गरे जस्तो लाग्छ ।’

आगामी असार १५ गतेदेखि नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । उनकी आमा शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् ।

निर्देशक पाण्डेले फिल्म राम्रो बनेको दाबी गरे । अभिनेता कोसिस क्षेत्रीले एउटा राम्रो फिल्म दिने कोसिस गरेको बताए । अभिनेता गौरव र अभिनेत्री अशान्त शर्माले फिल्ममा आफ्नो भूमिका राखेका थिए । फिल्ममा शिल्पा, कोसिस, गौरवको अलावा अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ । फिल्मका छायाँकार निरज पाण्डे हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु