दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोकतान्त्रिक होटल व्यवसायी सङ्घ काठमाडौँको अध्यक्षमा सुदिप श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २६ गते, शुक्रबार २१:२३

काठमाडौँ । नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घ काठमाडौँ जिल्लाको अध्यक्षमा सुदीप श्रेष्ठ चयन हुनुभएको छ ।

सङ्घको आज सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा दुर्गा थापा र मनोहरी कँडेल, सचिवमा शैलेन्द्रविक्रम थापा र ठाकुर सापकोटा, सहसचिवमा अमर विकास रिजाल र कोषाध्यक्षमा राजु घिमिरे निर्वाचित हुनुभएको होटल व्यवसायी गणेश ढकालले जानकारी दिनुभयो ।

यस्तै, सदस्यमा ईश्वर न्यौपाने, जीवन ढकाल, भोजराज भुसाल, मनोजकुमार लोहनी, ईश्वर पौडेल, पशुपति दाहाल, नकुल भट्टराई र निरज बस्ताकोटी हुनुभएको छ ।

नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका उपाध्यक्ष उमेश (दिपेन) सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुनरसिंह केसी, केन्द्रीय सदस्य नैनसिंह महर, केन्द्रीय सदस्य प्रदीप सुनुवार, केन्द्रीय सदस्य सीता देवकोटा, काँग्रेस प्रदेश सदस्य इन्द्रमान महर्जन, होटल व्यवसायीका नेताहरु शैलेश कार्की, अमर भुजेलगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु