दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मनास्लु र ललितपुर हाइलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते, आईतवार ७:५७

काठमाडौं ।मनास्लु वल्र्ड कलेज र ललितपुर हाइले मदन भण्डारी कप दोश्रो खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु पुरुष तथा ललितपुर हाइ महिलामा च्याम्पियन बने ।
कीर्तिपुर कभर्डहलमा भएको पुरुष फाइनलमा मनास्लुले नेपाल आर्मीलाई ८६–६६ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा ललितपुर हाइले बूढानीलकण्ठलाई ५३–४१ ले हरायो । दुवैमा प्रथम हुनेले १ लाख ५० हजार तथा दोश्रोले ५० हजार नगद पुरस्कार पाए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनास्लुका जय दीप तथा महिलामा ललितपुर हाइकी काभ्या सिङला ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोल, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु