दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएमसीए कप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते, आईतवार ८:०६

काठमाडौं, जेठ २७ गते । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को झीनो अन्तरले पराजित ग¥यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ अंक जोडे ।
बूढानीलकण्ठस्थित रुद्रेश्वर हाइटमा भएको सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३१–२२ ले हरायो । भ्याली पब्लिककी अनिता गुरुङले ११ अंक जोडिन् ।
जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले किङडम हिमालयनलाई ३२–२२ ले पाखा लगायो । गोल्डेनपिकका अमन गुरुङले १३ स्कोर गरे । तीनै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिक मुस्कान गुरुङ र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनीहरुले जनही १ हजार ५ सय नगद पुरस्कार पाए ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा किङडम हिमालयनका लोप्साङ तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ, सिनियर गल्र्समा पृथ्वीकी बविता घिमिरे र जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ टासी शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर उद्धवप्रसाद खरेल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, आयोजक बीएमसीए विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ, बीएमसीएका प्रिन्सिपल मोहनप्रसाद भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा आयोजकले बास्केटबलको विकास र विस्तारमा योगदान पु¥याएवापत बास्केटबलका प्रशिक्षकत्रय पूर्ण न्यौपाने, नारायण खवास र मीनबहादुर खड्कालाई नगदसहित सम्मान गरेको थियो । जेठ १७ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ गरी जम्मा ५३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु