दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवोदित कलेजको दिक्षान्त समारोह–२०८० सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते, आईतवार ८:१९

काठमाडौँ । शिक्षाविद्हरुले नेपालको गुणस्तरीय शिक्षामा चुनौती थपिँदै गएको बताएका छन् ।

नवोदित कलेज सामाखुशीको दिक्षान्त समारोह–२०८० को अवसरमा शनिबार साँझ यहाँ आयोजित कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले नेपालको शिक्षा क्षेत्र चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका सहायक डिन डा हरि अधिकारीले वर्षेनी लाखौँ विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश गएकाले तिनीहरुलाई स्वदेशमै रोक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । “वर्षेनी चार लाख विद्यार्थीले अध्ययन गर्दै आएको त्रिविले गुणस्तरीय र रोजगारमुलक शिक्षामा ध्यान दिनुपर्छ,”– उहाँले भन्नुभयो ।

सरस्वती क्याम्पसका उपप्राध्यापक जेवी हमालले देश विकासका लागि व्यावसायिक शिक्षालाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । “योग्य नागरिक उत्पादन गर्न मुलुक अनुकूलको शिक्षा आवश्यक छ, त्यो शिक्षालाई सरकारले प्राथमिकता दिनुपर्छ”,– उहाँले भन्नुभयो ।

नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले सरकारले शिक्षा क्षेत्रमा चाहेजति वजेट विनियोजन गर्न नसकेको बताउनुभयो । समृद्ध मुलुक निर्माणका लागि आवश्यकपर्ने शिक्षा नीति बनाउनुपर्ने उहाँको भनाई थियो । उहाँले दिक्षित विद्यार्थीलाई आफ्नो ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन आग्रह गर्नुभयो ।

कलेजका सहप्राचार्य गुनबहादुर (जीवी) अधिकारीले विद्यार्थीले अनुशासित र मर्यादित भएर अध्ययन गरेमात्र उत्कृष्ट नतिजा प्राप्त गर्नसक्ने बताउनुभयो ।

विस २०५० सालमा स्थापना भएको नवोदित कलेजले हाल प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्यापन गराउँदै आएको छ । सो कलेजले आज स्नातकोत्तर तह उर्तिण गरेका ९० विद्यार्थीलाई दिक्षित गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु