
काठमाडौं । पछिल्लो समय युवायुवतीमा र्याप गज्जबको क्रेज छ। कतिपय र्याप गीतमा आफ्नो भाग्य र भबिष्य खोज्न संघर्षरत छन् तिनै भीडमा पछिल्लो पटक उदाएका एक निकै राम्रो सम्भावना बोकेका सानै देखि यार्पमा केहि गर्ने मोह भएका निकै राम्रो सम्भावना बोकेका संघर्षरत नव–प्रतिभा हुन् आशिष तामाङ ।

नुवाकोट घर भएका आशिष दुई बर्षको हुँदा बुवाले छोडेर हिडे भावुक हुँदै उनि भन्छन् ।बिभिन्न समस्या संकट पर सारेर आमाले मेरो पालनपोषणमा सुखद वातावरण दिएको बताउँछन् ।
मेरो आमाले मलाई हुर्काएर यति ठुलो बनाउनु भयो । त्यसैले म उहाँको आभारी र ऋणी छु ।यसै कारण आमाको मायाको ऋण चुक्ता गर्न भएतापनि भविष्यमा प्रगती गरेर एउटा ठुलो र असल व्यक्ति बनेर आमालाई सुख दिने सपना रहेको आशिष सुनाउँछन् ।
सबैलाई साथ,सहयोग,सद्भाव र मायाले नै आफूलाई संगीतमा लाग्न प्रेरणा प्रदान गर्न आग्रह गरेको छन ।
यस्तो छ आशिषको यार्प म्युजिक भिडीयो


