दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एलएनए दोहोरो उपाधिनजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते, बुधबार ६:१३

काठमाडौ ।लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो उपाधिनजिक पुगेको छ । एलएनए जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैको फाइनलमा पुग्यो ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज सेमिफाइनलमा एलएनएले हिमरश्मीलाई २०–१३ ले पराजित ग¥यो । एलएनएको जितमा साहिल पुनले १४ अंक योगदान गरे । फाइनलमा एलएनएको भेट एन्जल्स हार्टसंग हुनेछ । अर्को सेमिफाइनलमा रुपेश पौडेलको ९ अंक सहयोगमा एन्जल्स हार्टले सिद्धार्थ मोडललाई २३–१४ ले हराएको थियो ।
सिनियर गल्र्समा मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले ल्यान्डमार्कलाई २४–१९ ले पाखा लगायो । एलएनएकी सिमरन महर्जनले १४ अंक जोडिन् । उपाधिका लागि एलएनएले न्यु एरा विरुद्ध खेल्ने छ । न्यु एराले हिमरश्मीलाई १९–१२ ले पन्छायो । न्यु एराकी प्रनिशा श्रेष्ठले ८ स्कोर गरिन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु