दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकपाको चियापान आज, ५० हजारलाई निमन्त्रणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १० गते, शनिबार १२:४२

काठमाडौँ, १० कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेकपाले बडादशैं, दीपावली, नेपाल सम्बत् ११३९ तथा छठ पर्वको अवसर पारेर शनिबार चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना हुने कार्यक्रममा करिब १ लाखको सहभागी हुने बताइएको छ ।

पार्टीका महासचिव विष्णुप्रसाद पौडेलकाअनुसार मध्याह्न १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता र आम जनसमुदायलाई चियापानका लागि व्यवस्था गरिएको छ ।

त्यस्तै, अपराह्न ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू, संवैधानिक अङ्गका पदाधिकारी तथा सदस्यहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, सेवा निवृत्त पदाधिकारीहरु, विभिन्न पेशा तथा समुदायका विशिष्ट व्यक्तित्वहरुका लागि व्यवस्था गरिएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएपछि यो पहिलो कार्यक्रम हो ।

श्राेत ः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु