दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेलिब्रेटी पेस्ट्री सेफ थापाले बनाए फ्रान्समा पिपला र टीमुरको फ्लेबरका केक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते, बुधबार २१:४३

पेरिस – विश्व चर्चित पेस्ट्री सेफ सरोज सिंह थापाले फ्रान्समा नेपाली पिपला र टीमुरको प्रयोग गरि नेपाली हिमालयन स्वाद फ्लेबरका केक बनाएका छन।

सिएसएम इनग्रेडिएंट्सको आयोजनामा फ्रान्स पुगेका थापाले पेरिसको प्रसिद्ध पेस्ट्री स्कूल इकोल बेलुएट कन्सेलबाट मोडन पेस्ट्री र केक एडभान्स डिप्लोमा एवम् हस्पिटालिटी प्रतिष्ठानमा पिपला र टीमुरको फ्लेबरका केक बनाएका हुन।


कुलिनरीको सर्वोच्च संस्था वल्ड सेफ एसोसिएसनको निर्णायक टिमसम्म पुगेर पेस्ट्री माध्यमबाट संसारभर नेपाललाई चिनाएका थापाले नेपाली हिमालयन स्वाद मार्फत देश चिनाउने काम गरेका छन।

नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा मध्यम परिवारमा जन्मिएका थापा बाल्यकालदेखि नै अदितीय क्षमताले भरिएका ब्यक्ति थिए । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जितेका थापाले अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको बताउछन । उनले राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी रहेको हामीसँगको भेटमा बताए ।

बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै आज मलाई यो पेशामा आउन सहज भयो थापाले बताए । २०५४ सालमा एसएलसि पुरा गरि राजधानी छिरेका उनले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना भै उच्च शिक्षा हासिल गरे । एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन थापा बताउछन । दिनमा बाहिर काम गरि रातमा क्याम्पस पढ्ने गरेका थापाले प्रबिणता प्रमाण पत्र पुरा गरि कालीमाटीको एक आइसक्रिम पसलमा काम गरेको बताउछन । काम गर्दै पर्यटन र होटल व्यवस्थापनमा नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गरेका थापा अहिले बिश्वमा चर्चित सेफ बन्न सफल भएका छन ।

होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले थापाको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उनलाई मानव संसाधन विभागले बोलाएर स्थायी स्टाफको रुपमा नियुक्ती दिलाएपछि उनको जिवनको करिअरले एक महत्वपूर्ण टर्निङ गरेको थापा बताउछन ।
होटल सांग्रिलामा आफ्नो कला देखाएका थापा केही समयपछि अवसरको खोजिमा दुबई पुगे । दुबईमा धेरै होटेलमा अत्यन्त सफलता हासिल गरेका थापा अहिले थप अवसरको लागी साउदी अरवको केम्पिनस्की होटलमा पेस्ट्रिका एक्जुकेटिभ सेफका रुपमा बिगत १ बर्षदेखी कार्यरत रहेका छन ।
जुनसुकै क्षेत्रमा पनि लगनशिलता र मेहनत गर्दा सफल बन्न सकिन्छ भन्ने उदाहरणका पात्रका रुपमा लीईएका थापा हाल पनि ६००० भन्दा बढी तलव सुविधा लिएर साउदीमा कार्यरत छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु