तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ गते आफ्नो पार्टीको स्थापना दिवस मनाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २ गते, शनिबार २०:१२

काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ गते आफ्नो पार्टीको स्थापना दिवस मनाउने भएको छ। पार्टी स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा रास्वपाले असार ७ गते ७७ वटा जिल्लामा दिवस मनाउने भएको हो।

रास्वपा सभापति रवि लामिछानेले उक्त दिन साँझ ७ बजे सात प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक ‌ आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन आह्वान गरेका छन्। उनले घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्याग बज्यो घण्टी राखेर पोस्ट गर्न आग्रह गरेका छन्।

‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन्।

गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो। ०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो। ०८० मा भएको उपचुनावमा पनि सिट थपेसँगै उसको सिटसंख्या २१ पुगेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु