दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय स्केटबोर्ड शनिबार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ६ गते, बुधबार १७:४३

काठमाडौं ।नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगिताको पुरुषमा १ सय ५० पुरुष र महिलामा ४० गरी १ सय ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगिताको फाइनल खेल रविभवनस्थित नाथम कलेजमा हुनेछ । त्यसअघि शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट प्रतियोगिता हुनेछ । छनोट प्रतियोगिताबाट समान १०–१० पुरुष÷महिला खेलाडी फाइनल चरणका लागि छनोट गरिने छ ।
पुरुष÷महिलामा १÷१ गरी २ स्पर्धामा खेल हुनेछ । दुवैमा फ्रिस्टायल बेस्ट रनमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव सत्य थापाले जानकारी गराए । दुवै समूमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने लागेको यो तेश्रोपटक हो । बाँकी तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो । यसैबीच संघले विश्व स्केट दिवसका अवसरमा बुधबारै ¥याली आयोजना ग¥यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु