दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इलेक्ट्रिक बाइक निर्माणकर्ता पारसलाई एसपीएको सम्मान, शतप्रतिशत छात्रवृत्ति दिइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ८ गते, शुक्रबार १८:४३

धनगढी, ८ असार । इलेक्ट्रिक बाइक निर्माण गरेका कैलालीको गोदावरी नगरपालिका – ५ गेटाका पारस साउँदलाई धनगढीको एसपीए कलेजले कदरपत्रसहित सम्मान गरेको छ ।
शुक्रबार क्याम्पस प्रमुख योगराज उपाध्यायले इलेक्ट्रिक बाइक निर्माण गर्दै हजारौं युवाहरुका लागि प्रेरणा बनेको भन्दै पारसलाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।
यसैवर्ष एसईई दिएका पारसको प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले कलेजले उनलाई शतप्रतिशत छात्रवृत्ति दिने समेत घोषणा गरेको छ । साथै कलेजले पारसको आगामी प्रोजेक्टहरुमा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
‘नवप्रवर्तक, आविष्कार, उद्यमीहरुलाई प्रोत्साहन गर्नु, उनीहरुलाई अघि बढ्न प्रेरित गर्नु एसपीएको नीति नै हो,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘यसअघि पनि एसपीएले थुप्रै आविष्कारक विद्यार्थीहरुलाई प्रोत्साहन सहयोग गर्दै आएको छ । पारसलाई पनि हामीले शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गराउने तथा उनका आगामी प्रोजेक्टमा सहयोग गर्ने घोषणा गर्न पाउँदा अन्त्यन्तै खुशी लागेको छ ।’
आफ्नो प्रतिभालाई चिन्दै कलेजको गरेको सम्मानप्रति पारसले आभार व्यक्त गरे । साथै आफ्नो भविष्यका प्रोजेक्टहरुमा एसपीएबाट सहयोग पाउने भएपछि अन्त्यन्तै खुशी भएको बताए ।
‘यसअघि पनि एसपीएले मजस्तै आविष्कारक युवाहरुलाई प्रोत्साहन गर्दै आएको सुन्दै आएको थिए । यसपटक मलाई कलेजमै बोलाई यो हौसला दिनुभएकोमा अन्त्यन्तै खुशी लागेको छ,’ पारसले भने, ‘कलेजले मेरो सम्पूर्ण पढाई खर्चसहित आगामी प्रोजेक्टमा पनि सहयोग गर्ने भएपछि एसपीए कलेजसँगको मेरो आगामी यात्राले थप उचाई लिने विश्वास गरेको छु ।’
पारस घरमै डेढ महिनाको समयमा झण्डै १ लाख रुपैयाँको लागतमा उक्त मोटरसाइकल निर्माण गरेका हुन् ।
उनले बनाएको बाइक आरएफआईडी सिस्टमयुक्त हो । जसका कारण बाइक स्टार्ट गर्न चाभीसँगै एक विशेष कार्डको पनि आवश्यकता पर्छ । जसकारण बाइक चोरिने सम्भावना हुँदैन । बाइकमा रिभर्स सिस्टम(पछाडि पनि चलाउन मिल्ने) छ । ६० किलोमिटरको गतीमा चल्न सक्छ । एकपटक चार्ज गरेमा ७० देखि ८० किलोमिटर सम्म बाइक गुड्न सक्छ । यस्तै बाइकको अगाडि डिजिटल डिस्प्ले पनि राखिएको छ । जसमा ब्याट्रीको अवस्था, बाइकको स्पिड, कुँदेको किलोमिटर, लाइट, सिंग्नल आदि महत्वपूर्ण जानकारी हेर्न सकिन्छ ।
बाइक निर्माणमा पारसलाई एसपीएकै विद्यार्थी सोहन कैनी र सागर खनालले सहयोग गरेका हुन् । यसअघि सोहनले कलेजको सहयोगमा इलेक्ट्रिक बाइक तथा सागरले एसपीए इभी मोडल वान कारको निर्माण गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु