
काठमाडौं । युएसए, गैरआवासीय नेपाली संघ एनआरएाए अमेरिकाको आगामी कार्यकालका लागि डिलु पराजुलीको समुहबाट टंक राज रेग्मीले आइसिसि सदस्यमा उम्मेदवारी दिएका छन । गैरआवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउन सक्ने क्षमता भएका रेग्मीले गैरआवासीय नेपाली संघ अमेरिका र एनआरएनए आईसिसिलाई थप उचाइ दिन सक्ने जनाउदै उम्मेदवारी दिएका हुन ।
गैरआवासीय नेपाली संघ अमेरिकाबाट २०२३–२५ कार्यकालको आईसिसि सदस्यका लागि आफ्ना विभिन्न प्रतिवद्दतासहित रेग्मीले उम्मेदवारी घोषणा गरेका हुन ।
नमस्कार!!
म टंक राज रेग्मी,
एन.आर.एन.ए.मा निम्न कुराहरु प्रति प्रतिवद्धता सहित,
• एनआरएनए लाई गुट रहित बनाउन ,
• साधारण व्यक्तिको एनआरएनए बनाउन,
• गैह्र आवासीय नेपालीहरुले भोग्नु परेको समस्या निराकरण गर्न,
गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको (२०२३-२०२५) को लागी (आईसीसी पद) उम्मेद्ववारको रुपमा उभिएको छु । म कुनै तडक भडक शैलिमा प्रचार प्रसारले मात्र जितिन्छ भन्नेमा विस्वास राख्दिन्न ।
विस्वास गर्छु त केवल हाम्रो शिक्षित नेपाली समुदाय जस्ले बोल्ने लाई भन्दा काम गर्नेलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ र सही नेतृत्व छनाैट गर्नु हुनेछ । यसैलाई आधार मानेर हजुरहरुले मप्रति विश्वास देखाउनु भएको खण्डमा हजुरहरुको माग र आवश्यकतालाई सम्बोधन गर्दै माथि लेखिएका बुँदाहरू प्रति पूर्ण प्रतिवद्ध रही आफ्नो जिम्मेवारी पूरा गर्न सदा उद्धत हुने प्रतिबद्धता सहित, यस पटक(२०२३-२०२५)को लागी (आईसीसी पदमा) मलाई विजयी बनाउनु हुन सबै आदरणीय व्यक्तित्वमा हार्दिक अनुरोध गर्दछु ।
टंक राज रेग्मी
एन.आर.एन.ए.एनसीसी युएसए (आईसीसी)
पदको उम्मेद्वार
२०२३-२०२५


